कष्टपूण जीवन गुजारा गर्दै भुकम्प पीडित परीवार
प्रदिप बर्देवा
सिन्धुली, १५ भाद्र । चार महिना अगाडि बैशाख १२ गते गएको बिनासकारी भुकम्पबाट पीडित बनेका सिन्धुली भिमेश्वर–८ बाराहाका झण्डै १ दर्जन परिवार यतिवेला निक्कै कष्टका साथ आफ्नो दैनीक जीवन गुजारा गरिरहेका छन ।
जाेगीडाडामा निर्माण भएकाे पिडितहरूकाे नयाँ बस्ती । |
बिनासकारी भुकम्पका कारण जमिन नै धाजा फाटेपछि भिमेश्वर–८ कोलखोलाका झण्डै १ दर्जन परिवार आफ्नो बस्ती नै छाड्न बाध्य भए । नेपाल सरकारको बस्ती सार्ने निर्णय अनुसार अहिले उनीहरु नजिकै रहेको बाराहादेवी जोगिडाडा सामुदायीक बनमा रहेको थोरै खाली जमिनमा बसेका छन ।
आफ्नो वर्षौ देखीको प्यारो बस्ती छोडेर अन्यत्र जंगलमा टहरा बनाएर बस्नुको पीडा त उनीहरुको मनमा छदैछ त्यो भन्दा पीडा आगामी जिन्दगीलाई कहाँ र कसरी बिताउने भन्ने चिन्ताले उनीहरुलाई झनै सताएको छ । पुरानो गाउँ फर्केर जान सक्ने अवस्था छैन भने नयाँ ठाउँमा न खानेपानी छ न बिजुली छ नत वर्षाको समयमा राम्रोसँग बासबस्ने घर नै छ ।
जाेखिममा परेकाे पुरानाे बस्ती । |
पीडित हरिबहादुर नेपालीले भने, ‘हामीलाई सरकारले स्थायी रुपमा बसोबासको व्यवस्था मिलाइ दिए राहत हुन्थ्यो ।’ सामुदायीक बनले मंसीर सम्मको लागी मात्र बस्नु भनेका कारण त्यसभन्दा पछि कहाँ बस्ने भन्ने चिन्ताले पिरोलेको नेपालीले बताए ।
हरिबहादुर नेपाली सँगै अहिले त्यहाँ ७ परिवारका ३० भन्दा बढी सदस्यहरु बसोबास गरिरहेका छन । उनीहरुको बस्ती जंगल भित्र भएका कारण जंगली जनावरको डर पनि उत्तिकै छ भने हावाहुरी चल्दा रुखका हांगाहरु भाचिएर थिच्न सक्ने समस्यामा पनि छ । तर पनि दुखका साथ जीवन गुजारा चलाइरहेको उनीहरु बताउछन ।
कष्टपुर्ण जीवन बिताइरहेका नयाँ बस्तीका महिलाहरू । |
केटाकेटी र सुत्केरी महिलाहरुलाई त झनै समस्या परेका छन । ७ महिनाको बच्चा लिएर बसेकी हिरा रम्तेले भनिन, ‘खानेपानीकै समस्या हुँदा सरसफाईमा समस्या भएको छ । जंगल भित्र बसीएको छ बिजुली पनि छैन ।’ आफुहरु समस्या भोग्न बाध्य भएको भएपनि सम्बन्धीत निकायले ध्यान नदिएको उनको गुनासो छ ।
बस्ती सारिएका पीडित परिवारलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले अस्थायी टहरा निर्माणका लागी जस्तापाता र १५ हजार राहत रकम उपलब्ध गराएको छ भने शौचालय निर्माणका लागी एनफो नेपाल नामको गैससरकारी संस्थाले निर्माण सामाग्री सहयोग गरेको छ ।
पिडीतहरूसँग कुराकानी गर्दै एनफाे नेपालका इन्जीनियर मदन पान्डे तथा जिविस सिन्धुलीका मल्लव अधिकारी । |
2 comments
Write Down Your Responses
September 1, 2015 at 6:17 AM
राम्रो काम
September 1, 2015 at 6:18 AM
राम्रो काम