Powered by Blogger.
काँग्रेसको महाधिवेशन अनिश्चितकालका लागि स्थगित

काठमाडौँ, १५ साउन । आगामी असोज २ गतेदेखि ५ गतेसम्म काठमाडौमा तय गरिएको नेपाली काँग्रेसको १३ औं महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । संविधान निर्माणमा ध्यान केन्द्रीत गर्नुपरेको भन्दै १३ औं महाधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको हो ।
काँग्रेसको १३ औं महाधिवेशन आगामी असोज २ गतेदेखि ५ गतेसम्म काठमाडौमा तय गरिएको थियो । केन्द्रीय कार्यसमितिको मंगलबार संविधानसभा भवनमा बसेको बैठकले पार्टीको महाधिवेशन भन्दा संविधान जारी गर्ने काम महत्वपूर्ण भएको भन्दै अर्को सूचना नभएसम्मका लागि महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
काँग्रेसको १२ औं महाधिवेशन २०६७ सालको असोजमा भएको थियो । अन्तरिम संविधान अनुसार राजनीतिक दलको महाधिवेशन हरेक पाँच वर्षमा हुनुपर्छ । काँग्रेसको महाधिवेशन स्थगित भएसँगै अन्तरिम संविधान संशोधन गरिने छ ।


,

0 comments

Write Down Your Responses