पेट्रोलियन पदार्थको मूल्य घट्यो
१५ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ ।
पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाइएको छ । डिजेल र मटितेलमा २ रुपैयाँ मूल्य घटेको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य लिटरको १०४ रुपैयाँ भएको छ । डिजेल र मटितेल भने ८२ रुपैयाँ भएको छ ।
ग्यासमा प्रति सिलिण्डर ३५ रुपैयाँ मूल्य घटेको छ । अब ग्यास प्रतिसिलिण्डर १४०० रुपैयाँ भएको छ ।
0 comments
Write Down Your Responses