Powered by Blogger.
मलेसियामा विप्लव माअाेवादीकाे राजनैतिक प्रशिक्षण

काठमाडाैँ, १६ भदाै । नेकपा माअाेवादीले मलेसियामा राजनैतिक प्रशिक्षण कार्यक्रम संचालन गरेकाे छ। वैदेशिक राेजगारीकाे क्रममा मलेसिया पुगेका नेपाली युवाहरुलाई स्थायी समिति सदस्य धमेन्द्र बास्ताेलाले प्रशिक्षण दिईरहेका छन् ।
कामकाे खाेजि गर्दै मलेसिया पुगेका अधिकांश युवाहरु नेपाली जनप्रगतिशिल मोर्चामा अावद्ध छन् । माेर्चा नेकपा माअाेवादीमा अास्था राख्ने प्रवासी नेपालीहरुकाे संगठन हाे ।
अगस्ट ३१ बाट सुरु भएकाे प्रशिक्षण कार्यक्रम अझै एक हप्तासम्म चल्ने  धनिराम सिमखडाले डबली न्युजलाई जानकारी दिए । सिमखडा पूर्व जनमुक्ति सेनाका कमाण्डर हुन् ।
प्रशिक्षण कार्यक्रममा बास्ताेलाले नेपालकाे पछिल्लाे राजनीतिक घटनाक्रमसँगै पार्टीकाे अागामी कार्यक्रमबारे प्रशिक्षण दिइरहेकाे बताईए बताइएकाे छ ।
प्रशिक्षण कार्यक्रम विहान, दिउँसाे र राती गरि तीन चरणमा संचालन गरिएकाे छ । सिमखडाका अनुसार प्रशिक्षणमा सहभागी युवारहरुले नेकपा माअाेवादीले क्रान्ति सुरु गरे अाफूहरु नेपाल फर्कन तयार रहेकाे बताएका छन् ।


,

0 comments

Write Down Your Responses