जनकपुरमा निषेधाज्ञा जारी
१६ भदौ, धनुषा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गरी जनकपुरका बिभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कुलप्रसाद पराजुलीले भने, ‘प्रदर्शनकारीहरु भाला र हात हतियारसहित आएको देख्यौं त्यसैले सरकारी कार्यालयहरु रहेका स्थान वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेका छौं ।’
बुधबार विहान जनकपुर बजार क्षेत्रमा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति सिर्जना भएको थियो । मंगलबार पनि आन्दोलनकारीले सरकारी कार्यालयहरुमा आक्रमणको प्रयास गरेका थिए । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।
बुधबार पनि सम्भावित तनावलाई ध्यान दिँदै जुलुस, धर्ना, प्रदर्शन लगायतका गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
0 comments
Write Down Your Responses