Powered by Blogger.
संविधान घोषणाका दिन तीन माओवादीका तीन तयारी

काठमाडौं, १ असाेज । जनयुद्ध सुरु भएको पाँच वर्ष पुग्दा तत्कालीन माओवादीले नयाँ कार्यनीति तय गरेको थियो, ‘संविधानसभाबाट संविधान ।’ गोलमेच सम्मेलन, गणतन्त्र माओवादीका थप कार्यनीति थिए ।
तत्कालीन माओवादीले ०५७ मा तय गरेको कार्यनीति १५ वर्षपछि ३ असोजमा गणतन्त्र र संविधानसभाबाट संविधान जारी गर्ने विषय संस्थागत हुँदै छ । तर, अहिले विभाजित बनेका तीन माओवादीले संविधानसभाबाट संविधान जारी गर्ने दिन तीन गतिविधि गर्दै छन् ।

०५७ मा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट संविधानसभाको कार्यनीति बनाएको तत्कालीन माओवादी अहिले तीन पार्टीमा विभाजित छ । प्रचण्ड, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वमा तीन माओवादी पार्टी छन् । मातृका यादव र मणि थापाका नेतृत्वमा पनि माओवादी पार्टी छन् । एकीकृत माओवादीले संविधान जारी भएको साँझ देशैभर दीपावली गर्ने निर्णय गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले भने ‘प्रतिगामी’ भन्दै देशभर नयाँ संविधान च्यात्ने र जलाउने तयारी गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भने संविधानले संसद्वादी र माओवादीको सहकार्य अन्त्य गरेको घोषणा गर्दै ३ असोजमा नेपाल बन्द आह्वान गरेको छ ।
शासकीय स्वरूपलगायत महत्त्वपूर्ण विषयमा फरक मत राखेर संविधान निर्माणमा अग्रसरता देखाएको एमाओवादीले संविधान जारी भएको साँझ दीपावली गर्ने निर्णय गरेको छ । ‘यो हाम्रो रगत र पसिनाले लेखिएको संविधान हो । यो संविधान जारी हुँदा हामी देशभर खुसियाली मनाउँछौँ, दीपावली गर्छौँ,’ पार्टी प्रवक्ता दीनानाथ शर्माले भने, ‘संविधानमा हाम्रो थुपै्र फरक मत छन्, असहमतिका बाबजुद पनि यो जनयुद्ध र माओवादीको उपलब्धि हो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


,

0 comments

Write Down Your Responses