सिन्धुलीमा नयाँ संविधानको स्वागत गरे पत्रकार र गैससकर्मीले
सिन्धुली, १ असोज । नयाँ संविधानको स्वागत गर्दै अाज नेपाल पत्रकार महासंघ शाखा सिन्धुली र गैर सरकारी संस्था महासंघ सिन्धुलीले सदरमुकाम सिन्धुलीमाढीमा स्वागत रयाली निकालेको छ ।
पत्रकार महासंघ भवन २ नं.बजारबाट निस्कीएको अविरजात्रा सहितको रयाली लोकतान्त्रिक चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेपाल पत्रकार महासंघ सिन्धुलीमा उपसभापति बावुराम देवकोटाले सम्बोधन गरेका थिए ।
संविधान घोषणा हुने दिन नजिकिएसँगै सिन्धुलीमाढीमा स्वागत रयाली तथा उत्सव मनाउने क्रम तिब्र हुँदै गएको छ ।
0 comments
Write Down Your Responses