मधेशमा आन्दोलन गर्ने पार्टीको कति छ जनमत?
काठमाडौं : प्रमुख तीन दल र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबीच १६ बुँदे सहमति भएपछि संविधान निर्माण प्रक्रियाबाट बाहिर निस्केको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा अहिले सडक आन्दोलनमा छ। पहिले संविधानसभामात्र बहिस्कार गरेका उनीहरु प्रमुख तीन दलले ६ प्रदेशको सीमांकन सार्वजनिक गरेपछि भने सडक आन्दोलनमा नै उत्रिए।
यसरी आन्दोलनमा रहनेमा संघीय समाजवादी फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टी छन्। उनीहरु आन्दोलनमै रहेका बेला प्रमुख दलहरुले दुई तिहाइ भन्दा बढी बहुमतले संविधान जारी गरिसके। तर उनीहरुको आन्दोलन रोकिएको छैन।
पूर्वदेखि पश्चिमसम्मका तराई क्षेत्रमा भएका आन्दोलनमा १० सुरक्षाकर्मी सहित करिब ४३ जनाको मृत्यु भइसकेको छ। खासगरी मध्य तराईका पर्सा, सप्तरी, धनुषा, महोत्तरी लगायतका जिल्लामा बढी सक्रिय यीनै दलको आन्दोलन रुपन्देहीको भैरहवामा पनि चर्कियो।
जम्बो संविधानसभाबाट अलग्गिएर सडक आन्दोलनमा उत्रिएको मोर्चाका दलको सभासद संख्या जम्मा ३५ जना रहेका छन्। प्रमुख दलहरुले उनीहरुको मागको सुनुवाइ नगर्नुमा उनीहरुको जनमत थोरै हुनुलाई पनि लिइन्छ। त्यसैले उनीहरुले आन्दोलन चर्काउन सक्दैनन् भन्ने पनि धेरैको विश्लेषण छ।
पहिलो संविधानसभामा ठूलो जनमतका साथ राष्ट्रिय राजनीतिमा फरक शक्तिको रुपमा स्थापित मधेशवादी दलहरु दोश्रो संविधानसभामा भने थोरै सिटमा खुम्चिए। २०७० सालमा भएको संविधानसभा निर्वाचनमा अहिले आन्दोलनरत मधेशी दलको जनमत कति थियो त? हेर्नुस् :
0 comments
Write Down Your Responses