Powered by Blogger.
सेना फिर्ता बोलाउन तीन दल सहमत

काठमाडाैं, ७ असाेज । प्रमुख तीन दल आन्दोलनरत पक्षसंग वार्ताका लागि ‘व्याकअप’ मा रहेको सेनालाई गृहमन्त्रालय मार्फत फिर्ता बोलाउन सहमत भएका छन ।
आन्दोलनरत दलले वार्ताका लागि सेनालाई फिर्ता बोलाउनुपर्ने, विगतमा भएका सहमित र संझौता कार्यन्वयन गर्नुपर्ने लगायतका माग राख्दै आएका थिए ।

वालुवाटारमा विहिबार विहान बसेको तीन दलको बैठकले आन्दोलनकारीहरुलाई शान्तिपुर्ण आन्दोलन गर्ने सर्तमा सेना फिर्ता बोलाउन सहमति भएको वालुवाटार स्रोतले बतायो । कैलालीको टिकापुर घटनापछि सरकारले देशको विभिन्न जिल्लालाई घोषणा गरेको दंगाग्रस्त क्षेत्र आजैदेखि हटाइएको छ ।
‘आन्दोलनकारीहरुले पनि आन्दोलन शान्तिपूर्ण गर्ने र सरकारले पनि ‘व्याकअप’ को रुपमा रहेको सेनालाई व्यारेकमा फर्काउने सहमति भएको हो’ स्रोतले भन्यो, ‘यो सहमति सँगसँगै वार्ता प्रकृया अघि बढ्छ ।’
प्रधानमन्त्री कोइरालले आन्दोलनकारी दलहरुसंग अनौपचारिक छलफल जारी राखेका छन् । वनमन्त्री महेश आचार्यले थरुहट सघर्ष समिति र मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजय गच्छेदार नेतृत्वमा रहेको मधेशी मोर्चासँगै बिहीबारनै वार्ताका लागि समन्वय गरिरहेका छन् । तीन दलले वार्ताका लागि समन्वय गर्न आचार्यलाई जिम्मेबारी दिइएको थियो ।


,

0 comments

Write Down Your Responses