यस्तो छ असोज ३ लाई भव्य बनाउने तयारी
काठमाडौं, असोज २ । संविधान घोषणा भएको खुसियालीमा प्रमुख तीन दलले ४ असोजमा देशभर र्याली र संयुक्त सभा गर्ने भएका छन् । काठमाडौंमा गरिने सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डलगायतका नेताले सम्बोधन गर्नेछन् । असोज ३ लाई भव्य बनाउन यस्तो छ तयारी :
राष्ट्रिय विशेष समारोह
३ असोजमा संविधान जारी गर्न संविधानसभामा ‘राष्ट्रिय विशेष समारोह’ गरिनेछ । समारोहमा सााझ ५ बजे सभामुखले संविधान हस्तान्तरण गरेपछि राष्ट्रपतिले पनि हस्ताक्षर गर्नेछन् ।
संविधानसभा भव्य सजाइने
संविधानसभा भवनको मूलगेटदेखि बैठककक्षसम्म भव्य सजावट गरिनेछ । राष्ट्रिय झन्डा फहराउने, ध्वजापताका लगाउने, बत्ती तथा फूलले झकिझकाउ बनाइनेछ । राष्ट्रपति र सभामुख बस्ने ड्यास मर्यादापालकले सजावट गर्नेछन् ।
ड्यास बढी झकिझकाउ
सभामुखको दायाातिरको ड्यासमा राष्ट्रपति बस्नेछन् । उनीहरू बस्ने ड्यास बढी झकिझकाउ पारिनेछ । संविधानसभा भवन सजावट गर्न फूल तथा अन्य सामग्रीको खरिद २ र ३ असोजमा गरिनेछ ।
विशिष्ट अतिथिलाई निम्ता
नेपालमा रहेका कूटनीतिक नियोगका सबै प्रतिनिधिलाई संविधान जारी गर्ने दिनको निम्ता दिइादै छ । उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक अंगका पदाधिकारीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा गरिादै छ ।
पूर्वसभासद्लाई पनि बोलाइने
अघिल्लो संविधानसभामा सदस्य रहेका सबै पूर्वसभासद्लाई पनि निमन्त्रणा गरिादै छ । अघिल्लो संविधानसभाको निरन्तरता र ती सभासद्को महत्त्वपूर्ण योगदान रहेकाले उनीहरूलाई संविधान जारी गर्ने समारोहमा निम्त्याइएको सचिवालयले जनाएको छ ।
हस्ताक्षर र प्रमाणीकरण
सचिवालयले नेपाली कागजमा ‘नेपालको संविधान, २०७२’ को पााच प्रति तयार गर्नेछ र तिनमा शुक्रबार सभासद्हरूले वर्णानुक्रमअनुसार हस्ताक्षर गर्नेछन् । सभासद्को हस्ताक्षर सकिएपछि सभामुख सुवास नेम्वाङले प्रमाणीकरण गर्नेछन् ।
रिसल्लासहित राष्ट्रपति आउने
संविधान जारी गर्न आउने राष्ट्रपति डा। यादवलाई बबरमहलदेखि संविधानसभा भवनसम्म रिसल्लासहित ल्याइनेछ । संविधानसभामा पुगेपछि उनलाई सेनाले राष्ट्रिय धुनसहित सलामी दिनेछ ।
संविधान घोषणाको ढाँचा
संविधानसभाले तयार गरेको ढाचाअनुसार राष्ट्रपतिले संविधान प्रारम्भ भएको घोषणा गर्नेछन् । ‘संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ असोज ३ मा प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु,’ राष्ट्रपतिको घोषणाको व्यहोरा यस्तो छ ।
राष्ट्रपतिले बोल्न नपाउने
संविधान जारी गर्ने विशेष समारोहमा राष्ट्रपति यादवले बोल्न पाउनेछैनन् । उनले संविधानसभा नियमावलीमा व्यवस्था गरिएको ढाँचाअनुसार पढेर संविधान जारी भएको घोषणा मात्रै गर्नेछन् ।
प्रोजेक्टरबाट देखाइने
संविधानसभा बैठक कक्षमा ६०१ सभासद्, केही कर्मचारी र फोटोपत्रकार मात्रै अटाउने ठाउ छ । आमन्त्रण गरिएका करिब पााच सय विशिष्ट पाहुनालाई बाल्कोनीमा राखिनेछ । त्यहाा नअटेका अतिथिलाई संविधानसभा भवनकै नुत्से हलमा ठूलो प्रोजेक्टरमार्फत संविधान घोषणा कार्यक्रम देखाउने व्यवस्था गरिनेछ । समारोहमा करिब दुई हजार पाहुना र सर्वसाधारण उपस्थित हुने अनुमान छ ।
डेढ घन्टाको समारोह
संविधान जारी गर्ने कार्यक्रम करिब डेढ घन्टा चल्ने अनुमान सचिवालयको छ । यो समय राष्ट्रपतिलाई गरिने सम्मानदेखि संविधानसभाको अन्तिम बैठकसम्मको हो ।
अन्तिम बैठक बस्ने
राष्ट्रपतिले नयाा संविधान जारी गरेपछि बस्ने संविधानसभाको अन्तिम बैठकले राष्ट्रपतिको सम्मानस्वरूप धन्यवादको प्रस्ताव पारित गर्नेछ । उक्त बैठकमा सभामुखले सभासद्हरूको योगदानलाई धन्यवाद दिनेछन् । र, संविधानसभाको विगतका गतिविधिबारे भनाइ राख्ने कार्यक्रम रहेको सहप्रवक्ता सुदर्शन कुइाकेलले बताए ।
समारोहपछि रात्रिभोज
संविधान जारी गर्ने विशेष समारोह सकिएपछि संविधानसभा भवन परिसरमै रात्रिभोज आयोजना गरिनेछ । भोजमा सहभागी सबैलाई खानपिनपछि एक–एक प्रति संविधान दिने व्यवस्था सचिवालयले मिलाएको छ ।
नयाँ पत्रिका दैनिकबाट
0 comments
Write Down Your Responses