Powered by Blogger.
गाडी दुर्घटना एकको मृत्यू ८ गम्भीर घाईते

सिन्धुली, ७ असोज । मध्यपहाडी राजमार्ग अन्र्तगत सिन्धुलीको खुर्कोट–घुर्मी खण्डको बासेश्वर गाविस–३ बलेनीमा आज साझ भएको गाडि दुर्घटना परि १ को मृत्यू र  ८ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 


उदयपुरको घुर्मिबाट यात्री लिएर काठमाण्डौ तर्फ जादै गरेको मध्यपहाडी यातायातको ना ४ ख ३४५७ नम्बरको बस दुर्घटनामा परेको हो । 
दुर्घटनामा परि गम्भिर घाईते हुनेहरुमा सिन्धुली बाशेश्वर ४ का ४५ बर्षिय भक्त बहादुर श्रेष्ठ, आुखलढुङगाका २३ बर्षिय सान्भोग बुढाथोकी, रामेछामका ३० बर्षिय हरिकुमार तामाङ, सुर्खेत विरेन्द्र नगर १६ निवासी ४० बर्षीया वालकुमारी चालीसे र सिन्धुली वाशेश्वर गाविस ४ निवासी ३० बर्षिय देवी श्रेष्ठ रहेका छन् ।
यस्तै काठमाण्डौ बालाजु निवासी ३९ बर्षिय धनमाया वस्नेत, सिन्धुली बाशेश्वर ९ निवासी ५३ बषीय पुर्णीमा श्रेष्ठ, ३६ बर्षिय तारा श्रेष्ठ, ओखलढुङगाका १९ बर्षका साजन राई, ५५ बर्षका कुमार मगर, ३० बर्षका टंकबहादुर बोगटी, १६ बर्षकी यसोदा भुजेल र २३ बर्षकी निर्मला भुजेको उपचारकालागि काठमाण्डौ पठाईएको छ भने । सिन्धुली बाशेश्वर ७ का ४५ बर्षका बिशेश्वर कोईराला र दोलखाका ७० बर्षका रनबहाददुरको सिन्धुली खुर्कोट स्वास्थय संस्थामा उपचार भई रहेको छ ।
तिब्रगतीमा रहेको बस एक्कासी ब्रेक लगाउदा बस पल्टिएको हुन सक्ने प्रहरीको अनुमान भएपनि चालक भने फरार रहेका छन् । बसमा २७ जना सवार रहेको बताईएको छ ।


0 comments

Write Down Your Responses