Powered by Blogger.
प्रचण्डलाई ‘प्रिय कमरेड’ भन्दै बाबुरामले यसरी लेखे अन्तिम पत्र (पत्रसहित)

काठमाडौं, १० असोज । कम्युनिष्ट आन्दोलनमा फूट र पार्टी परित्यागको घटनामा फुटेर या टुक्रिएर जाने समूहले विचार, कार्यशैली र सिद्धान्तले आफ्नो फूटलाई न्यायोचित पार्ने प्रवृत्ति रही आएको छ । यति मात्रै नभएर आफूले फुट्दाखेरी त्यसले समग्र क्रान्ति र जनताको आन्दोलनमा पर्ने असरबारे समेत व्याख्या गरिएको हुन्छ ।

तर नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा ‘प्रवृत्ति’का रुपमा लिइने व्यक्तित्व बाबुराम भट्टराईले भने आफ्नो राजीनामा पत्रमा त्यस्तो केही पनि उल्लेख गरेनन् । पत्रकार सम्मेलनमा समेत बाबुरामले आफूले किन पार्टी छोडे भन्ने कुरा खासै स्पष्टरुपमा व्यक्त गरेनन् । पछिल्ला दिनहरुमा भारत समर्थित मधेसी मोर्चाको आन्दोलनका मागहरुमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै आएका बाबुरामले आफ्नो पार्टी बहिर्गमनलाई पुष्टि नगरी परित्यागको घोषणा गर्दा यो निर्णयलाई एमाओवादीले “अस्वभाविक र आश्र्चजनक” बतायो पनि ।
बाबुरामले प्रचण्डका नाममा पार्टी जीवनको अन्तिम पत्रमा समेत पार्टीबाट बाहिर किन जान लागेको भनेर खुलाइएको छैन ।  पत्रमा बाबरामले प्रचण्डलाई ‘प्रिय कमरेड’ भनेर सम्बोधन भने गरेका छन् ।

बाबुरामले परित्याग गरेको घोषणा गरेको पत्रको अन्त्यमा उनले पार्टी नाम ‘लालध्वज’ समेत उल्लेख गरेका छन् ।
हेर्नुस बावुरामकाे राजिनामा पत्र 


,

0 comments

Write Down Your Responses