Powered by Blogger.
टोप बहादुर रायमाझीले भने, बाबुरामको निर्णय व्यक्तिगत हो

बाबुराम भट्टराईले पार्टीको साधारण सदस्यताबाट राजीनामा दिएको घटनासँगै सबैको एउटै जिज्ञासा थियो– त्यसो भए टोपबहादुरले के गर्छन् ? बाबुरामका निकट सहयोगीका रुपमा चिनिएका रायमाझीले पनि पार्टी परित्याग त गर्दैनन् भन्ने धेरैको मनमा प्रश्न उठेको थियो । बाबुराम भट्टराईको विचार, उनको अन्तसंघर्षमा सधै सँगै रहेका टोपबहादुर रायमाझीसँग बाबुराम भट्टराईको राजीनामा, रायमाझी लगायत बाबुरामसँग सहयात्रा गर्दै आएका उनको विचारलाई समर्थन गर्नेहरुको भूमिका र समसामयिक विषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

बाबुराम भट्टराईको राजीनामा प्रकरणलाई कसरी हेर्नुहुन्छ ?

संविधान निर्माण भयो । तर संविधान जारी भएपछिपनि देशले निकास पाएन । हामीले निरन्तर संघर्ष गर्दै आएको समुदाय र वर्गले अधिकार पाएन । न्यूनतम सहमति गर्नुपर्छ भनेर हामीले फरक मत समेत राखेर गयौं । यो सन्दर्भममा आफ्नो असन्तुष्टि व्यक्त गर्दै कमरेड बाबुरामले पार्टी छोडेको घोषणा गर्नुभएको छ । यो वहाँको व्यक्तिगत निर्णय हो । यो ठीक या बेठीक भन्ने कुरा इतिहासले पुष्टि गर्दै जाने छन । म यसबारेमा केही भन्न चाहन्न ।

यो स्वतन्त्र निर्णय हो वा कतैबाट लादिएको हो ? भट्टराईलाई नजिकबाट बुझेको हिसाबले के भन्नुहुन्छ ?

मलाई यो वहाँको स्वतन्त्र निर्णय हो जस्तो लाग्छ । पार्टीमा कठिन परिस्थितिमा पनि वहाँले यसप्रकारका निर्णय लिनुभएको छ  ।त्यसैले यो वहाँको व्यक्तिगत स्व्तन्त्रताको कुरा हो । यसलाई समिक्षा गर्ने कुरा इतिहासको जिम्मा छोडिदिउँ ।

तपाई त बाबुरामजीको सहयोगी मान्छे, खासगरी पार्टीको संगठनात्मक कायैशैलीसम्बन्धि अन्तर्सघर्षमा तपाईहरु सँगै हुनुहुन्थ्यो । तपाई अब के गर्नुहुन्छ ?


पार्टीभित्र कार्यशैलीका सवालमा गम्भीर समस्या छन् । पार्टी एउटा पद्धतीमा अगाडि बढेको छैन । त्यसैले पार्टीमा मेरो संघर्ष जहिल्यै पनि लेनिनवादी संगठनात्मक पद्धतीको पक्षमा रहँदै आएको छ । भोलीका दिनमा पनि मेरो भूमिका त्यही रहन्छ ।

भनेपछि विस्तारित केन्द्रीय समितिको बैठकमा भाग लिनुहुन्छ ?

मा भाग लिन्छु । पार्टीको कार्यदिशा र संगठनात्मक कार्यशैलीका सवालमा देखिएका समस्याहरुलाई पार्टीभित्रै बसेर हल गर्नुपर्छ भन्ने मेरो मत हो । बाबुरामजीले केन्द्रीय समितिको बैठकमा यो कुरा राखेर बाहिरिने कुरा उहाँले सोच्नुपर्दथ्यो । यसमा मैले केही भन्न मिल्दैन । 

अन्तरपार्टी संघर्षमा पार्टीभित्र स्थान हुँदाहुँदै बाबुरामले यसरी पार्टी परित्याग गर्नु हुन्यो त ?

एमाओवादी परम्परागत तरिकाले आडि बढ्दैन भन्ने कुरा सत्य हो । सामाजिक परिवर्तन र समाजमा देखिएको नयाँ अन्तरविरोध, नयाँ शक्ति सम्बन्ध नयाँ प्रकारको उत्पादन सम्बन्धमा पार्टीलाई पनि नयाँ ढंगले परिभाषित र विकास गरिनुपर्दछ ।  एउटा व्यवस्थाको अन्तय, बस्तुगत परिस्थिति फेरिएको छ । एउटा सापेक्षताको सन्दर्भमा तय गरिएको नीति र विकास गरिएको संगठनलाई अब नयाँ ढंगले आडि बढाउनु पर्छ । पुरानो विचार र कार्यशैलीले पार्टी अगाडि बढ्दैन । यो मेरो विचार हो । तर बाबुरामजीको कुरामा यो वहाँको बिल्कुल निजि निर्णय हो ।

तपाईसँग पार्टी परित्याग गर्छु भनेर सल्लाह त गर्नुभयो होला नि ?

म सँग वहाँले यसविषयमा केही छलफल गनुएभएको छैन । पार्टीभित्रको अन्तविरोध र अन्तर्संघर्षबारे चर्चा चलेपनि पार्टी परित्याग गर्ने बारेमा कुनै छलफल भएको छैन ।

तपाई अब के गर्नुहुन्छ ?

समाजको बस्तुतगत परिस्थिति फेरिएको छ । त्यो अनुसार पार्टी अघि बढ्नुपर्छ भनेर मैले पहिला देखि नै भन्दै आएको छु । संविधानमा हामीले वकालत गदै आएका वर्ग र समुदायका मुद्धाहरु अझै स्थापित हुन सकेका छैनन् । पार्टीले यसबारेमा कस्तो निर्णय गर्छ भन्ने कुरा महत्वपूर्ण हो , । पार्टी पुरानै ढर्रामा जान खोज्यो, पुरानै कार्यशैलीमा निरन्तरता खोज्यो भने हामीहरु पनि अट्ने अवस्था रहँदैन ।

भनेपछि एमाओवादीले कार्यशैलीमा सुधार नगरे बाबुराम जसरी निस्किए त्यो क्रम झन बढ्छ ?

अवश्य पनि बढ्छ ।पार्टीले नयाँ परिस्थितिमा, नयाँ विकास बस्तुगत आधारका आधारमा कार्यदिशा, कार्यशैली र संगठनात्मक प्रश्नमा रुपान्तरण गरेन भने सयौं कार्यकर्ताहरु बाबुरामजी जस्तै बाहिरिन्छिन् ।

केन्द्रीय समितिको बैठकमा तपाईको भूमिका के रहन्छ  

केन्द्रीय समितिको बैठकमा कार्यदिशा र संगठनात्मक कार्यशैलीको प्रश्नमा त्यति छलफल होला जस्तो लाग्दैन । किनभने यो सामान्यतः पछिल्ललो राजनीतिक अवस्थाको बिफिङमा बढी केन्द्रीत हुने देखिन्छ ।  तत्कालिन राजनीतिक प्रश्नमा केन्द्रीत हुँदा सैद्धान्तिक कुराहरु त्यति छलफल हुँदैनन् होला, तर हामीले पार्टीलाई नयाँ परिस्थितिमा नयाँ ढंगले विकास गर्ने दिशामा नैं छलफल चलाउँछौं ।


,

0 comments

Write Down Your Responses