Powered by Blogger.
जनकपुर सभा विथोलियो, बाबुराम कडा सुरक्षा घेरा भित्र

सिन्धुली, १२ असाेज । बाबुराम भट्टराईले सम्बोधन गर्ने भनी आयोजना गरिएको जनकपुरस्थित गोपाल धर्मशालाको कार्यक्रम विथोलिएको छ । 

बाबुरामलाई सहभागी गराएको विरोधमा स्थानीय मधेसी युवाहरुले सभाका लागि तयार गरिएको मंच भत्‍काइदिएका छन् । 
कार्यक्रमका अगुवा रामचन्द्र झा माथि हातपात भएको छ र उनलाई मंचबाट हटाइएको छ । अहिले तनावपूर्ण अवस्था छ । प्रभु शाह पनि कार्यक्रमस्थलबाट बाहिर निस्केका छन् । दिउँसो १ बजेदेखि कार्यक्रम राखिएको थियो । बाबुरामको विरोधमा उत्रेका मधेसी युवाहरुले कार्यक्रम स्थलमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले बाबुरामलाई बोल्न दिनु हुँदैन भन्दै उनलाई फिर्ता पठाउन माग गरिरहेका छन् । विमानस्थलबाट कडा सुरक्षा घेरामा बाहिर निस्केका बाबुरामलाई यात्री निवासमा सुरक्षाकर्मीले घेरेर राखेका छन् । बाबुरामलाई रोक्न मधेसी युवाहरुले विमानस्थलमा विहानै देखि प्रदर्शन गरेका थिए। 


,

0 comments

Write Down Your Responses