Powered by Blogger.
युवा संघले लगायो जिविस र सबलमा ताला

सागर ढकाल बिकासको बाधक बनेको आरोप 

बिजयकिल्ला ब्यूरो 

सिन्धुली १३, असोज । युवा संघ नेपाल सिन्धुलीले विभिन्न् माग राख्दै बुधबार जिल्ला विकास समिति सिन्धुली र सवल परीयोजनाको सिन्धुली स्थित जिल्ला कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदिएको छ । 
 

युवा संघले जिविसमा स्थानीय विकास अधिकारीको कार्यकक्ष र सामाजिक विकास अधिकृत सागर कुमार ढकालको कार्यकक्ष साथै कनपा–६ रातमाटा स्थित सवल परीयोजनाको कार्यालयमा तालाबन्दी गरिदिएका हुन् । संघले तालाबन्दी गर्दै जिविससँग ८ बुँदै माग पेश गरेको छ ।
सवल परीयोजनाले स्थानीय साझेदार संस्था छनौटमा धाँदली गरेको भन्दै संघले ताला बन्दी गरेको हो । उक्त परियोजनाले स्थानीय संस्था छनौटका क्रममा त्रुटि गरेको भन्दै गत श्रावण महिनामै जिल्लाका विभिन्न गैरसरकारी संघ संस्थाहरुले ताला लगाएका थिए ।
तर, पछिल्लो समय स्थानीय राजनीतिक दलहरुविचमा भएको छलफलपछि बन्द ताला खोलिएपनि युवा संघले असन्तुष्ठी जनाउँदै पुनः ताला बन्दी गरेको छ ।
संघले राखेको मागहरुमा जिल्ला विकास समितिका सामाजिका विकास अधिकृत सागरकुमार ढकालले आफु स्वयम स्थानीय विकास अधिकारी हुँ भन्दै सवल परियोजनाको संस्था छनौट प्रक्रियामा सहभागि भई हस्ताक्षर गरेको, जिल्ला विकास समितिमा छायाँ एलडियोको रुपमा काम गरेर स्थानीय सेवा ग्राहीलाई हैरानी दिएको, एनजिओको कर्मचारी छनौटमा समेत जिल्ला विकास समितिका तर्फबाट ढकाल सक्रिय हुँदै आएको आरोप छ । 

विज्ञप्तीमा मार्फत सबलको संस्था छनौट प्रक्रिया तत्काल सच्चाउनु पर्ने, जिल्ला विकास समितिमा सुधारीएको चुलो देखी, गर्भवती र बालबालिकाहरुको नाममा आएको रकममा पारदर्शिता हुनुपर्ने, महिला तथा बालबालिकाहरुको शिर्षकमा आएको पैसाको हिसाबको सार्वजनिक गरीनु पर्ने माग गरेका छन ।
त्यस्तै जिल्ला सविकास समितिका कर्मचारीहरु गैरसरकारी संघ संस्थामा आबद्ध भएर दोहोरो सेवासुविधा लिनेमाथी कारबाही र जिल्ला विकास समितिमा वार्षिक रुपमा जम्मा हुने कन्टीजेन्सी रकम सार्वजनीक गर्न माग गरिएको छ ।
जिल्ला विकास समितिले गत आर्थिक वर्ष २०७१÷०७२ मा सञ्चालन भएको २९ वटा साना सिचाई परियोजनाको निर्माण कार्य पुरा नभई योजना फरफारक गरे पनि उपभोक्तालाई रकमनै फछ्योट नगरेको विज्ञप्तीमा आरोप छ । विज्ञप्तीमा भनिएको छ, ‘योजना सम्पन्न भयो भनेर फछ्यौट गर्ने जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी प्रदिप निरौला देखी ढकाल लगायतका कर्मचारीको मिलेमतोमा रकम भने आर्थिक वर्षको अन्त्य भएको पाँच महिनासम्म किन भुक्तानी दिइएन । उक्त आयोजनाका विषयमा छानविन गरी तत्काल रकम फछ्यौट गरियोस ।’
जिल्ला विकास समितिका तत्काललिन स्थानीय विकास अधिकारी प्रदिप निरौलाले २९ वटा साना सिँचाई आयोजनाको कार्यसम्पादन फर्छौट् गरेपनि रकम भने पाँच महिनासम्म उपभोक्तालाई भुक्तानी नदीनुमा कर्मचारीहरुको ठुलो चलखेल भएको हुनसक्ने आशंका गरिएको छ । 

ताल बन्दी पछि विज्ञप्ती जारी गर्दै पत्रकार सम्मेलनमा संघका अध्यक्ष शंकर लुंगेलीले उक्त आयोजनाको रकम निकासा गरेर कर्मचारीहरुले बाँडेर खाएको हुन सक्ने बताए । उक्त साना सिँचाई परियोजना सञ्चालनका लागि जिल्लामा प्रतियोजना पाँच लाख रुपैयाँका दरले रकम विनीयोजना गरेको भएपनि केहीले एक देखी डेडलाख रुपैयाँभन्दाबढी रकम पाउन नसकेको बताइएको छ ।
युवासंघले जिविस भित्रका सागर ढकालको मनपरी तन्त्रले जिल्लाको विकासका हरेक गतिविधी प्रभावित हुँदै गएको आरोप समेत लगाएको छ ।

उता ढकालले भने आफुमाथी गतल आरोप लगाएको प्रतिक्रिया दिए । उनले भने, आफु १५ बर्षदेखी जिल्ला विकास समिति रहेर एउँटै गतिमा काम गरिरहेको बताउँदै चित्त पर्दा खुसी हुने चित्त नपर्दा रिसाउने मानविय स्वभावका कारण यस्तो आरोप लाग्ने गरेको बताए । उनले युवा संघ जस्तो राष्ट्रिय संगठनले तत्थहिन आरोप लगाउनु आश्चर्यजनक भएको समेत बताए । 
यस विषयमा बुझन खोज्दा तत्कालीन स्थानीय विकास अधिकारी निरौलाको सरुवा भइसकेको र हाल सरुवा भएर आएका स्थानीय विकास अधिकारी पनि जिल्लामा नभएका कारण सम्पर्क हुन् सकेन् । सवल परियोजाका सिन्धुली प्रमुख शक्र पौडेलले भने, आफु जिल्ला बाहिर रहेका कारण तालवन्दी भएको भन्ने मात्र थाहा पाएको तर अन्य विषयमा भने कुनै जानकारी नभएको प्रतिक्रिया दिए । 

यस विषयमा स्थानीय प्रशासनसँग बुझ्दा कुनै पनि कार्यालयमा कामकारबाही प्रभावित हुने गरी ताला बन्दी गर्न नपाइने भन्दै ताला खोल्न आवश्यक पहल गरीने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए । उनले ताला बन्दी गर्नेहरुलाई नियन्त्रणमा लिने समेत चेतावनी दिएका छन् । यस अघि सवल परियोजना कार्यालयमा झण्डै एक महिला लागेको तालाबन्दी असन्तुष्ठ गैरसरकारी संघ संस्थाहरुलाई दुई महिनापछि थप कार्यक्रम दिने सर्तमा खुलाइएको थियो । 


,

0 comments

Write Down Your Responses