Powered by Blogger.
विश्व वरियतामा नेपाल एक स्थान तल झर्‍यो

१७ भदौ, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल एक स्थान तल झरेको छ ।
बिहीबार सार्वजनिक वरियता क्रममा नेपाल १८५ औं स्थानमा छ । नेपाल सार्क देशहरुमा सबैभन्दा पछाडि छ ।
सार्क देशको शीर्ष स्थानमा अफगानिस्तान छ । अफगानिस्तान १३० औं स्थानमा छ । भारत एक स्थानमाथि उक्लिएर १५५ औं नम्बरमा पुगेको छ ।
भुटान १६४ औं स्थानमा कायमै छ । पाकिस्तान एक स्थान माथि उक्लिएको छ र १७० औं नम्बरमा छ । तीन स्थान तल झरेको बंगलादेश १७३, दुई स्थानतल झरेको माल्दिभ्स १७७ र दुई स्थान तल झरेको श्रीलंका १८४ औं स्थानमा छ ।
फिफाको विश्व वरियतामा शीर्ष सात टीममा कुनै परिवर्तन भएको छैन । अर्जेन्टिना शीर्ष स्थानमा छ । बेल्जियम दोस्रो, जर्मनी तेस्रो, कोलम्बिया चौथो, ब्राजिल पाँचौ, पोर्चुगल छैटौं र रोमानिया सातौं स्थानमा छ ।
चिली दुई स्थानमाथि उक्लिएको छ र आठौं नम्बरमा छ । वेल्स नवौं नम्बरमा छ भने दुई स्थान तल झरेको इंग्ल्याण्ड दशौं नम्बरमा छ । फिफा वरियतामा वेल्सले इंग्ल्याण्डलाई उछिनेको यो पहिलो पटक हो ।


,

0 comments

Write Down Your Responses