Powered by Blogger.
युद्ध जस्तै कठिन छ मरिणको यात्रा(फोटोफिचर)

बुद्धकुमार आछामी 
सिन्धुली मरिणखोला, १९ भाद्र । मरिणखोला सिन्धुली जिल्लाको पश्चिम क्षेत्र हो । मरिणखोला आसपास जिल्लाका झण्डै २ दर्जन गाविसहरु छन । यस क्षेत्रका स्थानीयहरुलाई हिउँदको समयमा त आफ्नो गाउँको निक्कै विकास भए जस्तो लाग्छ तर जब बर्षायाम सुरु हुन्छ अनि कर्णाली जस्तै पिछडिएको अनुभुति हुन्छ । २०२२ सालमा नै पहिलो पटक गाडि देखेका मरिणखोलाका स्थानीयहरु वर्षाको समय सुरु भएपछि आफ्नो गाउँमा गाडिको अनुहार देख्न पाउँदैन्न । बर्षा सुरु भएसँगै आजभोली मरिणजाने बाटो कतै पहिरो त कतै खोलामा आएको बाडीका कारण भत्कीएको छ । गाडी मात्र होइन मोटरसाइकलका लागी पनि निक्कै कठिन छ बाटो । सिन्धुलीमाढीबाट सनिबार कपिलाकोट आएका बासु मैनाली भन्छन, ‘यो बाटोमा गाडि गुडाएर गनतव्यमा पुग्नु भनेको ठुलै युद्ध जित्नु जस्तै बनेको छ ।’
मरिण क्षेत्रको विकास नभएको होइन विकास त निक्कै भएको छ तर दिगो विकास हुन सकेको छैन जस्का कारण हिउँदो भरि निक्कै रमाइलो देखिने मरिणखोला क्षेत्र बर्षा लागेपछि बेहुली अन्माएको घर जस्तै हुने गरेको छ । कपिलाकोट स्वास्थ्य चौकीमा एम्बुलेन्स छ तर वर्षा लागेपछि हेर्नु बाहेक विरामी बोक्ने काममा प्रयोग गर्न सकिदैन । स्टेचरमा विरामी बोक्नु पर्ने बाध्यता छ । जिल्ला सदरमुकाम आउन हिड्नै पर्ने बाध्यता मरिण क्षेत्रका स्थानीयहरुको लागी छ । 
सम्बन्धीत निकायले दिगो विकासको अवधारणा मार्फत  विकास गर्ने कुरामा ध्यान दिन नसक्दा यस्तो अवस्था सिर्जना भएको हो । यसतर्फ सम्बन्धीत निकाय गम्भीर बन्ने हो की ? 

हेर्नुस सिन्धुलीमाढीबाट कपिलाकाेट सम्मकाे यात्रामा खिचिएका तस्बीरहरूः 












तस्बीरः बुदकुमार अाछामी 




, ,

0 comments

Write Down Your Responses