Powered by Blogger.
नेपाली सेनाले बनायो मन्दिर, आज उदघाटन

राजन परियार
सिन्धुली, १९ भाद्र । नेपाली सेना चण्डीदल गण ठुलीटार ब्यारेकले कमलामाई नगरपालिका–७, वल्लो रामपुरमा निर्माण गरेको राधाकृष्ण मन्दिर आज एक समारोह बीच उदघाटन गरेको छ । आज श्री कृष्ण जन्माष्टमीको अवसरमा उक्त मन्दिरको विधिबत उदघाटन गरिएको हो । 
२०७१ सालबाट निर्माण गर्न शुरु गरिएको मन्दिर आर्थिक अभावका कारण निर्माण पुरा हुन सकेको थिएन । नेपाली सेनाले नगद लगानी र जनशक्ति परिचालन गरेर निर्माण कार्य पुर्ण गरिदिएपछि स्थानीयहरु पनि हर्षित भएका छन । मन्दिर निर्माण गर्नको लागी विभिन्न संघ संस्था तथा व्यक्तिहरुले पनि आर्थिक सहयोग गरेको जनाइएको छ ।
मन्दिरको बिधिबत उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली सेना चण्डीदल गणका प्रमुख सुर्य बहादुर अधिकारीले सवै पक्षहरु एकजुट भएर लागी पर्ने हो भने अन्य यस्ता थुप्रै काम गर्न सकिने र नेपाली सेनालाई यसरी नै साथ र जिम्मेवारी दिने हो भने त्यस्ता जिम्मेवारी पुरा गर्न तयार रहेको समेत बताए । उनले मन्दिरलाई जोगाई राख्न समेत सबैलाई आग्रह गरे ।


,

0 comments

Write Down Your Responses