Powered by Blogger.
आङकाजीलाई रिहा गर्न मागगर्दै हडताल घोषणा

एमाओवादीसहित लिम्बुवानका ८ संगठनवीच मोर्चाबन्दी

२० भदौ, धरान । प्रमुख दलहरुले अघि सारेको सात प्रदेशको सीमांकनमा असहमित जनाउँदै आएका लिम्वुवान समर्थक ८ वटा पार्टी र संगठनहरुवीच मोर्चाबन्दी भएको छ । मोर्चामा सात प्रदेशमा सहमति जनाएको एमाओवादीको भातृ संगठनसमेत आवद्ध भएको छ ।
आत्मनिर्णयको अधिकारको नीति तथा स्वायत्तताको योजना अनुसार लिम्बुवान राज्य स्थापनाको उपयोगीता सिद्ध गर्न भन्दै लिम्बुवानवादी ८ संगठनहरुको धरानमा सम्पन्न भेलाले अब एक भएर संघर्ष गर्ने घोषणा गरेका छन् । संघर्षका लागि उनहीहरुले ‘लिम्बुवान संयुक्त संघर्ष समिति’ गठन गरेका छन् ।

संघर्ष समितिले ‘पहिचान सहितको संघीयता, संघीयतासहितको लिम्बुवान र संविधानमा लिम्बुवान’ मूल नारा तय गरेको आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा बताइयो ।

नवगठित मोर्चामा एमाओवादीको भातृ संगठन लिम्बुवान मुक्ति मोर्चा पनि आवद्ध भएको छ । मोर्चामा नेकपा एकीकृत समर्थित लिम्बुवान स्वशासित संघ -एकीकृत), राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन लिम्बुवान राज्य परिषद र नेकपा-माओवादी समर्थित लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा पनि सहभागी छ ।

त्यसैगरी उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादी फोरमको लिम्बुवान प्रदेश समिति, सामाजिक लोकतान्त्रिक पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल र लिम्बुहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङ समेत मोर्चामा आवद्ध भएका छन् ।

संयुक्त संघर्ष समितिले आगामी दिनमा अन्य राजनीतिक संगठन र जनजाति संघ संस्थाहरुलाई पनि समेटेर जन आन्दोलन गर्ने घोषणा गरेको छ ।

पहिला आ-आफ्ना माग लिएर आन्दोलन भए पनि अब सबैले अरुणपूर्वका ९ जिल्लालाई लिम्बुवान बनाउनुपर्ने लगायतका मागसहित आन्दोलन अघि बढाउने संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले बताए ।

संघर्ष समितिले जनजाति आन्दोलन, मधेस आन्दोलन, महिला आन्दोलन, अल्पसंख्यक आन्दोलनले उठाएका प्रादेशिक राज्य निर्माणका मुद्दामा ऐक्यवद्धता जनाउने र आन्दोलनमा साथ दिने जनाएको छ । त्यसैगरी संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत धर्मनिरपेक्ष राज्य, समानुपातिक निर्वाचन प्रणाली, बहुभाषिक नीति, आईएलओ १६९ लाई संस्थागत गर्न पनि संघर्ष समितिले आन्दोलन गर्ने जनाएको छ ।

मधेसी र थारुको न्यायपूर्ण आन्दोलनमा सेना परिचालन गरेर राज्यले जनघाती र मानवअधिकार विरोधी कार्य गरेको भन्दै त्यसलाई रोक्नु पर्ने समितिको माग छ ।

संघर्ष समितिले आङकाजी शेर्पाको गिरफ्तारी गैरन्यायिक भएको भन्दै विना सर्त रिहा गर्नसमेत माग गरेको छ ।

संघर्ष समितिले भदौ २१ र २२ गते जिल्ला वैठक र प्रचार प्रसार गर्ने, २३ गते राँके जुलुस प्रदर्शन गर्ने र २४ र २५ गते लिम्बुवान आमहड्ताल गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ ।


,

0 comments

Write Down Your Responses