Powered by Blogger.
सेवाको नाममा सरकारी अस्पतालमा चर्को शुल्क

बिजयकिल्ला ब्यूरो 
सिन्धुली, २० भाद्र । सिन्धुली जिल्ला अस्पताल सरकारी अस्पताल हो । यहाँ आउने सेवाग्राहीहरु सामान्यत गरीब, निमुखा, दलित र निम्न वर्गीय परिवारका नै बढी हुन्छन । मध्यबर्ग र हुनेखाने वर्गका सेवाग्राहीहरु राजधानीका मंहगा अस्पतालमानै पुग्छन या जिल्लामा पनि निजी अस्पताल र निजी क्लीनीकहरुमा नै पुग्ने गर्छन ।
प्राय निमुखा र गरीब सेवाग्राहीहरुको भीडभाड हुने सिन्धुली जिल्ला अस्पतालमा सेवाग्राहीहरुले चर्को शुल्क तिर्नुपरेको र कतिपय अवस्थामा अस्पतालले निर्धारण गरेको भन्दा बढी सेवा शुल्क भित्रकै कर्मचारीहरुले लिने गरेको गुनासाहरु बारम्बार आउने नै गरेका छन । एकातिर सेवाशुल्कको बारेमा गुनासाहरु आउने गरेका छन भने अर्कातिर अस्पताल भित्र प्रदान गरीने सेवाको विश्वस्नीयता र प्रभावकारीतासँग जोडिएर पनि विविध खालका विषयहरु चर्चामा आउने गरेका छन ।
पछिल्लो समय सिन्धुली जिल्ला अस्पतालले ५१ शैयाको स्वीकृती पाएसँगै सुविधा पनि थपिदै गएको छ जस्का कारण अस्पतालमा बिरामीको चाप पनि बड्दै गएको सजिलै अनुभुति गर्न सकिन्छ । ५१ शैयाको स्वीकृती त पाएको छ तर अझै पर्याप्त जनशक्ति र भौतिक संरचनाको व्यवस्था हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालयको भवन ठेकेदारले समयमा निर्माण कार्य पुरा नगरीदिदा जिल्ला अस्पताललाई भवन अभाव भएको अस्पताल विकास समिति बताउँछ । विशेषज्ञ डाक्टरहरुको आगमन सँगै विरामीहरुको चापमा बृद्धि त भएको छ तर व्यवस्थित ढंगले उपचार गर्ने भवनकै अभाव छ ।  
पछिल्लो समय जिल्ला अस्पतालको केहि सुधार पनि भएको छ तर ५१ शैयाको अस्पताल जस्तो अझै बन्न सकेको छैन । दरबन्दी अनुसार डाक्टरहरुको उपस्थित अझै हुन नसकेको भएपनि पहिले भन्दा थप विशेषज्ञ डाक्टरहरुको उपस्थिती, अप्रेशन सहितको प्रसुती सेवाको सुरुवात, अस्पताल प्रशासनमा पहिलेको भन्दा केही सुधार लगायतका विषय केहि हद समम सुधार भएका छन । तर यो सुधारलाई सामान्य सुधारकै रुपमा लिन सकिन्छ ।
पछिल्लो समय जिल्ला अस्पताल विकास समितिले सेवा शुल्कमा बृद्धि गरेको छ । सेवा शुल्क बृद्धि पछि बजारमा विभिनन् क्रिया र प्रतिक्रियाहरु आइरहेका छन । एकातिर सेवा शुल्क वृद्धि गरेर सर्वसाधारणहरुलाई भार थपिएको छ भने अर्कोतर्फ अस्पतालमा कर्मचारीहरु पनि त्यतिकै भर्ना गरिएको छ । टिकट शुल्क देखी सम्पूर्ण शुल्कमा बृद्धि गरिएको छ । अस्पताललाई व्यस्थित बनाउने र विशेषज्ञ डाक्टरहरुलाई टिकाइरहने नाममा सर्वसाधारण मारमा परिरहेका छन । सरकारी तलब भक्ता खाने डाक्टरलाई टिकाउन तलब भन्दा थप रकम दिनुपर्ने बाध्यता विकास समितिलाई किन परिरहेको छ त्यो अनौठो विषय छ । 
अर्कोतर्फ जिल्ला अस्पताल भित्रकै केहि कर्मचारीहरुको मनोमानी र लापरवाहि कायमै छ । जस्का कारण सामान्य घाउ चिरेको १ हजार तिर्नुपर्ने बाध्यतामा सेवाग्राहीहरु छन । अझ अर्को गम्भीर पक्ष के छ भने जिल्ला अस्पतालमा गर्भपतनको लागी पुगेकी एक महिलालाई डाक्टरले नै प्राइभेट क्लीनिकमा उपचार गर्दा राम्रो हुन्छ भनेर व्यापार गरिरहेको तथ्य पनि बाहिर आएको छ । अस्पतालमा एक हजार रुपैयाँ खर्च गर्दा हुनेमा उनलाई डाक्टरले माढीबजारकै एन्जल क्लीनिकमा पु¥याएर ४ हजार रुपैयाँ लिए । यस्ता घटनाहरु जिल्ला अस्पताल भित्र बारम्बार भैरहन्छन तर बाहिर आउँदैनन । 
सदरमुकामै रहेको जिल्ला अस्पतालको अवस्था त यस्तो छ भने जिल्लाका ग्रामीण क्षेत्रको स्वास्थ्य  क्षेत्रको अवस्था निक्कै भयावह रहेको कुरालाई कसैले लुकाउँनै मिल्दैन । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नबस्ने, निशुल्क वितरणका लागी पठाइएको औषधी क्लीनीकमा लगेर बेच्ने र कतिपय स्वास्थ्य संस्थामा सरकारले वितरण गरेको निशुल्क औषधी समेत पु¥याएर गरीब जनतालाई बाडिदिने स्वास्थ्यकर्मी नहुनु  लगायतका समस्याले ग्रामीण क्षेत्रको स्वास्थ्य संस्था भद्रगोल नै बनेको छ ।  
यतिवेला जिल्ला अस्पताल मात्र होइन सिङ्गो जिल्ला भरिको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन सम्बन्धीत निकाय चनाखो भएर लाग्नु पर्ने आवश्यकक्ता देखिएको छ । 
लाै हेर्नुस शुल्क तालिका 
बेड चार्जः ५०
नेवुलाइजेसन चार्जः ५० 
अक्सिजन चार्जः १०० प्रति घन्टा 
क्याविन चार्जः २०० प्रति दिन 
अल्ट्रासाउन्डः ६००
निराेगीता सिफारीसः २५० 








,

0 comments

Write Down Your Responses