Powered by Blogger.
बाहौं विशाल कुमार स्मृती दिवस सम्पनन्

प्रदिप बर्देवा
सिन्धुली, २० भाद्र । माओवादीको १० वर्षे शसस्त्र युद्धको क्रममा राज्यपक्षबाट हत्या गरिएका केन्द्रीय नेता शेरमान कुँवर(विशाल) र मोहनचन्द्र गौतम(कुमार)को स्मृतिमा एकीकृत नेकपा माओवादी जिल्ला समिति सिन्धुलीले अाज बाहाैं स्मृति दिवस सम्पनन् गरेको छ । 
जिल्ला नेता खड्ग रजन मगरको अध्यक्षतामा सम्पनन् स्मृति दिवसमा एकीकृत माओवादीका केन्द्रिय परिषद सदस्य बुद्धिमान माझी, गणेश बुढाथोकी लगायत जिल्ला नेता तथा कार्यकर्ताहरुले शहीद विशाल र कुमारको फोटोमा माल्यारपर्ण गरेका थिए । 
स्मृति दिवसको अवसरमा बोल्दै नेता गणेश बुढाथोकीले शहीदका सपना पुरा नभएका कारण आन्तरिक र बाह्य दुवै ठाउँ निरन्तर क्रान्ति चलाईरहनु पर्ने बताए । उनले वर्षको एकपटक सम्झने भन्दा पनि निरन्तर शहीदको सपना पुरा गर्न आफ्ना हरेक गतिविधी केन्द्रित गर्नुपर्नेमा जोड दिए । 
त्यस्तै नेता बुद्धिमान माझीले  बिशाल र कुमारकाे विगतकाे स्मरण गर्दै उहाँहरूले देखाएकाे सपना पुरा गर्नका लागी मन, बचन र कर्मले क्रियाशिल भएर लाग्नु पर्नेमा जाेड दिए ।
२०६१ सालमा सिराहाको धन्सवारमा तत्कालिन सकारले हत्या गरेका नेकपा(माओवादी)का केन्द्रीय सदस्य शेरमान कुँवर र वैकल्पीक केन्द्रीय सदस्य मोहनचन्द्र गौतम(कुमार)को स्मृतिमा प्रत्येक वर्ष एकीकृत माओवादी, बैद्य माओवादी लगायत माओवादी धाराका पार्टीहरुले स्मृति दिवस मनाउँदै आएका छन ।  





,

0 comments

Write Down Your Responses