Powered by Blogger.
बरुणदेवीका विद्यार्थीलाई उप्रेतीद्धारा सहयोग

सिन्धुली २०, भाद्र । कमलामाई नगरपालिका २ स्थित दर्लामी खट्टारको बरुणदेवी माविका १५ जना विद्यार्थीहरुलाई भगवती आवाशिय अंग्रेजी उमाविका प्रिन्शीपल कृष्णकुमार उप्रेतीले पोषाक सहयोग गरेका छन् । 
सहयाेग हस्तान्तरण गर्दै जिशिअ यम बहादुर खड्का
उप्रेतीले उक्त विद्यालयका गरीब तथा विपन्न १५ जना विद्यार्थीहरुका लागि एक एक थान पोषाक वितरण गरेका हुन् । उप्रेतीले कक्षा २ देखी ८ सम्मका १५ जनालाई सर्ट फ्रक र पाइन्ट सहयोग गर्नुभएको उक्त विद्यालयका प्रध्यानध्यापक रामकाजी श्रेष्ठले जानकारी दिए ।  जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उप्रतीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर श्रेष्ठलाई एकमुष्ठ रुपमा विद्यार्थीहरुलाई प्रदान गर्नेगरी पोषाक हस्तान्तरण गरेका हुन् ।
विद्यालयद्धारा आइतबार आयोजित पोषाक वितरण कार्यक्रममा उप्रेतीले आफुले गरेको सानो सहयोगले गरीव तथा विपन्न परिवारका बालबालिकाको भविष्य बन्ने भएपछि मानविय हितका लागि पनि सहयोग गरेको बताए ।  
‘एउटा नागरीक भएका कारण आफुले अर्को दुःख पाएका नागरीकका लागि सहयोग गरेको हुँ, उनले भने, ‘यस पटक मैले सानो सहयोग गरे । आगामी वर्षबाट यस विद्यालयका ३० जना गरीव तथा विपन्न विद्यार्थीलाई पोषाक र प्रबेशीका परिक्षामा उत्कृष्ठ नतीजा ल्याउने विद्यार्थीलाई पुरस्कार दिने छु ।’
विपन्न, गरीव, तथा दलित र द्धन्द्ध पिडित बालबालिकाहरुलाई सहयोग गर्दै आएका उप्रेतीले आगामी दिनमा उक्त विद्यालयका ३० जना विद्यार्थीलाई वार्षीक रुपमा पोषाक वितरण गर्ने प्रतिबद्धता समेत जनाए । 
कार्यक्रममा उनले सामुदायिक विद्यालयका विद्यार्थीहरुपनि निजी विद्यालयका विद्यार्थी सरह बन्नुपर्ने भन्दै उनिहरुको लागि विज्ञान परिक्षणका लागि ल्यावका सामाग्री समेत सहयोग गर्ने उल्लेख गरे । 
कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले शिक्षाप्रेमी तथा एक उत्कृष्ठ विद्यालयका सञ्चालक उप्रेतीले देखाएको उदारताको प्रसंसा गर्नु पर्ने बताए ।
‘एउटा निजी विद्यालयका सञ्चालकले धेरैभन्दा धेरै कमाउन मात्र लाग्नेगरेको पाइन्छ  तर, मैले सिन्धुलीमा मात्र त्यस्तो देखे जहाँ निजी विद्यालयका सञ्चालकले सरकारी विद्यालयका विद्यार्थीको पनि भविष्य प्रति चिन्ता व्यक्त गरेका छन्,’ उनले भने ।
शिक्षा अधिकारी खड्काले जिल्लाका सरकारी विद्यालयहरुमध्ये बरुणदेवीले पनि राम्रो गर्दै गएको भन्दै प्रशंसा गरे । उनले राम्रो काम गर्ने विद्यालयहरुलाई सहयोग गर्ने आफ्नो मनसाय भएपनि जिल्लाभरका विद्यालयलाई हेर्नुपर्ने बाध्यता भएका कारण सोचेजस्तो सहयोग गर्न नसकेको बताए ।
शिक्षा अधिकारी खड्काले निजी र सरकारी विद्यालयमा हुने शिक्षा एउटै भएको भन्दै अनुशासन र शिक्षण सिकाइ प्रकृयामा मात्र फरक भएको बताए । उनले जिल्लाका हरेक विद्यालयमा शैक्षिक पाठ्यक्रम, शिक्षा निर्देशीका,  र पाठ्य सामाग्री नै नभएको पाइएको बताए । त्यस्ता विद्यलयमा यस्ता समाग्री राख्ने अध्ययन गर्ने विषयमा ध्यान दिन आग्रह गरे । खड्काले गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई राज्यले समेत सहयोग गर्दै आएपनि त्यो प्रयाप्त नभएको भन्दै धेरै जसो समयमा शिक्षालाई पैशामा भन्दा पनि क्वालीटिमा दाँजेर हेर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष चुडामणी श्रेष्ठले स्थानीय तहका विद्यार्थीहरुको लागि र जिल्लाकै भविष्यका लागि कृषि क्याम्पस स्थापनाका लागि आवश्यक पहल गरेको भएपनि हालसम्म सम्बन्धित निकायले स्विकृती नदिँदा अन्यौलमा परेको जनाए । विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले उप्रेतीको सहयोगको खुलेर प्रसंसा गरेका थिए । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर श्रेष्ठले गरीव, दलित, तथा आदीवासी जनजताी र विपन्न वर्गका अभिभावकहरुले गिट्टि कुटेर विद्यालय स्थापना गर्न सफल भएपनि बालबालिकालाई नियमिति विद्यालयमा टिकाइ रहन समस्या भएको बताए । उनले विद्यालयको भौतिक पूर्वाधारदेखी अन्य क्षेत्रमा समेत सहयोग गरिदिन जिल्ला शिक्षा कार्यालयसंग आग्रह गरे ।


,

0 comments

Write Down Your Responses