Powered by Blogger.
सिन्धुलीमा यसरी मनाइयाे निजामति सेवा दिवस

बुद्धकुमार आछामी 
सिन्धुली, २२ भाद्र । निजामति सेवाको सपना, समृद्ध नेपालको रचना भन्ने मुल नाराका साथ देशभर मनाइएको १० अाैं निजामति सेवा दिवस–२०७२ सिन्धुलीमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । 
निजामति सेवा दिवसको अवसरमा निजामति सेवा दिवस मुल समारोह समितिको आयोजनामा विहानै प्लेकार्ड सहितको यालीले सिन्धुलीमाढीबजार परिक्रमा गरेको थियो भने यालीकै बीचमा जिल्ला अस्पताल पुगेर विरामीहरुलाई फलफुल समेत वितरण गरीएकाे थियो । 
सभामा सहभागी अतिथीहरू 
यालीपछि स्थानीय विकास अधिकारी प्रदिप कुमार निरौलाको अध्यक्षतामा भएको सभामा कर्मचारी मिलन केन्द्र सिन्धुलीका कार्यवाहक अध्यक्ष किरण कुमार भट्टराई, महिला विकास अधिकृत दुर्गा भण्डारी बराल, कर्मचारी यूनियनका जिल्ला अध्यक्ष बिनोद अधिकारी, निजामति कर्मचारी संगठनका पुरुषोतम दाहाल र नेपाल राष्ट्रिय कर्मचारी संगठनका जिल्ला अध्यक्ष सरोज श्रेष्ठले मनतव्य राखेका थिए ।  
सभामा कर्मचारी मिलन केन्द्र सिन्धुलीले निजामति सेवा दिवसको अवसरमा आयोजना गरेको निजामती कर्मचारी तथा खुल्ला डबल व्याडमिन्टन प्रतियोगीतामा र म्यूजिकल चियरमा प्रथम र द्धितीय हुने टीमलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
बजार परीक्रमा गर्दै रयाली 
ब्याडमिन्टन प्रतियोगीतामा निजामति तर्फ कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कृष्ण प्रसाद कोइराला, र प्रहरी कार्यालयका कृष्ण रोक्काको टीम प्रथम र प्रहरी कार्यालयकै बिनोद काफ्ले र स्वास्थ्य कार्यालयका बिमल भुजेलकाे टीम दोस्रो भएकाे थियाे । 
त्यस्तै खुल्ला तर्फ शुसिल कुमार बर्मा र कृष्ण रोक्काको टीम प्रथम र विजय बस्नेत र शिब खत्रीको टीम दोस्रो भएको थियो । म्यूजिक चियर तर्फ जिल्ला हुलाक कार्यालयकी सुनिता सुवेदी प्रथम र नापी कार्यालयकी सम्झना अधिकारी द्धितीय भएकी छिन । 
त्यस्तै निजामति सेवा दिवसकै अवसरमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सिन्धुलीको प्रागणमा बृक्षारोपण समेत गरिएको छ । 

तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालामा पहिलोपटक निजामती सेवा ऐन, २०१३ भाद्र २२ गते जारी भएकाले सोही समयदेखि निजामती सेवाले औपचारिकता र कानुनी हैसियत पाएको मानिन्छ । सोहि दिन पारेर हरेक वर्ष निजामति सेवा दिवस मनाउन थालिएको हो । २०६२ साल भदौ २२ गतेदेखि मात्र औपचारिक रुपमा यो दिवस मनाउन थालिएकाे छ । 
निजामति तर्फकाे व्याडमिन्टनकाे प्रथम पुरस्कार लिदै बिजेताहरू 
मुलुकमा प्रत्येक वस्ती, टोल, वडा, गाउँ विकास समिति, इलाका, सेवा केन्द्र, नगरपालिका, जिल्ला, अञ्चल, क्षेत्र र केन्द्रियस्तर गरी सवै भौगोलिक क्षेत्रमा निजामती सेवाका कर्मचारीले आफ्नो कर्तव्य निर्वाह गरी आएका छन । टाउको दुखेको जनतालाई सिटामोल दिनेदेखि प्राकृतिक विपत्तीमा परेकालाई उद्धार गर्न र राहत दिने काममा निजामती कर्मचारी अहोरात्र खटिएका छन । हाल नेपालमा ८० हजार भन्दा बढी निजामति कर्मचारीहरु कार्यरत रहेका छन । 
खुल्ला ब्याडमिन्टन तर्फकाे प्रथम पुरस्कार लिदै बिजेताहरू 

















,

0 comments

Write Down Your Responses