Powered by Blogger.
चार सामाजिक परीचालकका लागी ७१ जनाको आवेदन

बुद्धकुमार आछामी
सिन्धुली, २२ भाद्र । ‘दिगो विकासका लागी गुणस्तरिय शिक्षा, सबैको लागी सुरक्षित शिक्षण संस्था’ भन्ने मुल नाराका साथ आज देशभर ३६ औं राष्ट्रिय शिक्षा दिवस मनाइदै छ । शिक्षा दिवस मनाइरहँदा बर्तमान शिक्षाले उत्पादन गरेको वेरोजगार जनशक्ति आजकै दिनमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हजारौंको संख्यामा रोजगारीका लागी बिदेश पलाएन भएका छन भने लाखौं बेरोजगार युवा शक्ति स्वदेशमै भौतारिरहेका छन । 
परीक्षा दिदै परीक्षार्थीहरू 
तथ्यहरुले प्रमाणीत गरेको छ की नेपालको शिक्षा नेपाली माटो सुहाउँदो र गुणस्तरिय छैन यस्मा आमुल परिवर्तन गरेर शिक्षालाई नेपाली माटो सुहाउँदो र जिवन उपयोगी बनाउनै पर्छ । ढिला गर्नु भनेको अझ बढी समस्या निमत्याउनु र दलदलमा फस्नु हो । 
३६ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा सिन्धुलीमा पनि जिल्ला शिक्षा कार्यालय र विभिन्न् पेशागत र शैक्षिक सवाललाई लिएर आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले छुट्टा छुटै कार्यक्रम गरेर शिक्षा दिवस मनाईरहेको छ । कसैले औपचारीकताका लागी मनाएका छन कसैले आन्दोलनको रुपमा मनाएका छन ।
शिक्षा दिवस मनाइरहदा बर्तमान शिक्षा निती र शैक्षिक संरचनाले उत्पादन गरेको जनशक्ति रोजगारीका लागी भौतारिरहेको छ । संयोग नेपाल शिक्षक महासंघ सिन्धुलीले कार्यक्रम सञ्चालन गरिरहेको गौमती उमाविमा ७५ जना भन्दा बढी वेरोजगार युवा शक्ति गैर सरकारी संस्थामा रोजगारीका लागी परीक्षा दिईरहेका छन । 
वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा हाम्रो प्रयास नेपालले सञ्चालन गर्न लागेको जिविकोपार्जन परीयोजना सञ्चालनका लागी आवश्यक ४ जना सामाजिक परीचालक र १ जना कार्यक्रम संयोजक ७५ जनाले आजै परीक्षा दिएका छन । सामाजिक परीचालकाका लागी ७१ जना र कार्यक्रम संयोजकका लागी ३ जनाले आवेदन दिएको हाम्रो प्रयास नेपालका बिक्रम केसीले बताए । 

गैर सरकारी संस्थामा सामाजिक परीचालकको जागीर खुल्दा ७१ जनाले आवेदन दिएको सायद सिन्धुली जिल्लाको पहिलो घटना हो । यस्ले के देखाइरहेको छ भने बर्तमान नेपालको शिक्षा निती र शिक्षालयहरु बेरोजगार उत्पादन गर्ने कारखानाहरु मात्र बनेका छन । जस्का कारण समाजमा दिनदिनै बरोजगारहरुको संख्या थपिदै गएको छ । एउँटा समान्य जागीर खुल्दा दर्जनाैं युवाहरूकाे भीड किन लाग्छ । यस्ले प्रस्ट देखाएकाे छ की बेराेजगारी समस्या दिनदिनै माैलाइरहेकाे छ ।
३६ औं राष्ट्रिय शिक्षा दिवस मनाइरहदा शिक्षासँग सम्बद्ध सरोकारवालाहरुले यस्ता समस्यालाई समाधान गर्ने खालको रोजगारमुलक शिक्षाको विकासमा जोड दिनुपर्ने आवश्यक्ता देखिन्छ । शिक्षा दिवस मनाईरहदा शिक्षा कार्यालयले शिक्षा दिवसलाई औपचारीकतामा मात्र सिमिति राख्नु हुँदैन । बर्तमान शिक्षाले के दिन सक्यो र के दिन सकेन भन्ने विषयमा गम्भीर भएर समिक्षा गर्नु जरुरी देखिन्छ भने शिक्षासँग सम्बद्ध पेशागत संघ संगठनहरुले पेशागत स्वार्थ र मुद्धा मात्र होइन समग्र देशको शिक्षालाई कसरी गुणस्तरिय र व्यवाहारीक बनाउन सकिन्छ भनेर सोच विचार गर्न जरुरी देखिन्छ । 


,

0 comments

Write Down Your Responses