Powered by Blogger.
तीन बर्षमा पनि बनी सकेन प्रहरी भवन

सिन्धुली, २२ भाद्र । इलाका प्रहरी कार्यालय कपिलाकोटको भवन निर्माणको जिम्मा पाएको खानी निर्माण सेवा प्रा.लि.को लापरबाहिका कारण ३ बर्ष वितिसक्दा पनि इलाका प्रहरी कार्यालय भवनको निर्माण कार्य सम्पनन् हुन सकेको छैन ।
३ बर्ष देखि निर्माण सुरू भएकाे इलाका प्रहरी कार्यालय कपिलाकाेटकाे भवन । फाेटाेः बुदकुमार अाछामी
एक वर्ष भित्र निर्माण कार्य सम्पनन् गर्ने गरी २०६९ फाल्गुण १ गते सम्झौता भएको भएपनि हाल सम्म निर्माण कार्य नसकेर ठेकेदारले लापरबाहि गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुल ९७ लाख ९८ हजार ३२५ रुपैया रकममा निर्माण सम्झौता भएको उक्त पक्की प्रहरी भवनको ७५ प्रतिशत रकम निकाशा भइसकेको जनाइएको छ । 
प्रहरी भवन समयमा निर्माण हुन नसक्दा र भुकम्पका कारण पुरानो भाडामा बसेको भवन भत्कीदा इलाका प्रहरी कार्यालयको अवस्था भने बिजोग रहेको छ । अहिले भाडामा बसेको घर समेत बर्षातको समयमा निक्कै असुरक्षित हुने गरेको छ । 
निर्माण कार्यमा किन ढिलाइ भएको हो भन्ने बारेमा बुझ्न खानी निर्माण सेवाका प्रोपाइटरसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । 


,

0 comments

Write Down Your Responses