Powered by Blogger.
हेर्नुस के-के हुन्छ सिन्धुली अस्पताल भित्र ?

बुद्धकुमार आछामी 
सिन्धुली, १४ असोज । ५१ शैयाको अस्पतालको अनुमति पाएको सिन्धुली जिल्ला अस्पतालले पछिल्लो समय आफ्नो सेवालाई मजबुत बनाउँदै लगेको बताएको छ । बुधबार अस्पताल विकास समितिले पत्रकार सम्मेलन नै गरेर आफ्ना सेवाहरुको बारेमा जानकारी गराएको छ । 
पछिल्लो समय सिन्धुली जिल्ला अस्पतालमा थुप्रै प्रकारका विशेषज्ञ सेवाहरुको विस्तार गरीएको छ र विशेषज्ञ र दक्ष डाक्टरहरुको समेत आगमन भएको छ । तर अझै पनि त्यसलाई व्यवस्थापन गर्ने कुरामा भने जिल्ला अस्पताल निक्कै पछाडि नै देखिएको छ । पत्रकार सम्मेलन भइरहदा अस्पतामा आएका विशेषज्ञ डाक्टरहरुले नै गुणस्तरिय सेवा प्रवाहमा विविध खालका समस्याहरु रहेको बताइरहेका थिए । 
विशेषज्ञ जनशक्ति सिन्धुली अस्पतालमा छ तर त्यसको व्यवस्थापन गर्ने कुरामा आगामी दिनमा ध्यान दिनुपर्ने आवश्यक्ता देखिएको छ । अस्पताल विकास समितिले पनि अस्पताललाई सुधार गर्न निक्कै ठुलो मेहनत गर्नुपर्ने देखिन्छ । 
अस्पतालले ५१ शैयाको अनुमति पाएपनि पर्याप्त मात्रामा अझै दक्ष र विशेषज्ञ डाक्टरहरुको अभाव कायमै रहेको छ भने भवन अभावका कारण अहिले ३० वटा वेड मात्र सञ्चालनमा रहेको अवस्था छ । वेथितीकै वीचबाट अगाडि बढेको जिल्ला अस्पताल र सिङ्गो जिल्लाको स्वास्थ्य क्षेत्रमा अहिले पनि वेथितीहरुको अन्त्य भइसकेको अवस्था छैन तर पछिल्लो समय सिन्धुलीबासीहरुले विशेषज्ञ डाक्टरहरुबाट उपचार सेवा पाउन थालेका छन यो भने सकारात्मक पक्ष नै हो । 

हेर्नुस काे डाक्टरबाट  के के सेवा पाइन्छ सिन्धुली जिल्ला अस्पतामा 





यी विशेषज्ञ डाक्टरहरूले प्रदान गर्ने विशेषज्ञ सेवा सहित २४ सै घन्टा ल्याब र एक्स रे सेवा पनि उपलब्ध रहेकाे अस्पताल विकास समितिले जानकारी गराएकाे छ । 




, ,

0 comments

Write Down Your Responses