Powered by Blogger.
दसैंले गर्दा आम्दानीमा वृद्धि

सिन्धुली, २८ असाेज । हिन्दु नेपालीहरुको महान चाड विजया दशमी नजिकिँदै गर्दा हाट बजारमा मालसामान किन्नेको घुइँचो लाग्नाका साथै व्यापारीको आम्दानीमा दोब्बरले वृद्धि भएको छ । 

सिन्धुलीमाढी बजारमा कपडा पसल गर्दै आएका एक व्यापारीले दसैँ लागे सँगै आफ्नो आम्दानीमा धेरै वृद्धि भएको बताए । उनले दसैँ अगाडि दैनिक रु १ हजार देखी २ हजार सम्म हुने व्यापार अहिले बढेर दैनिक रु १५ हजारसम्म हुने गरेको र त्यसबाट नाफा ५ हजार सम्म बस्ने गरेको उनले बताए । 
त्यस्तै २ वर्ष अगाडि देखी माढीबजारमा जुत्ता पसल गर्दै आएका एक व्यापारी भन्छन– “दसैँ नजिकिँदै गर्दा ग्राहकलाई सम्हाल्न समस्या परेको छ,  दैनिक १ सय भन्दा वढी ग्राहक सामान किन्न आउने गरेका छन्, कम्तीमा पनि दुई तीन जना मानिस सामान दिनका लागि तयार रहनुपर्छ ।” उनको दैनिक रु २०/२५ हजारको जुत्ता बिक्री हुने गरेको छ ।

ग्राहकका अनुसार यस वर्ष सामानको मूल्यमा बढेको छ । सिन्धुलीमाढी बजारमा लत्ता, कपडा, खाध्यान लगायत मरमसला किन्ने ग्राहकहरुको ठुलै भिड लाग्ने गरेकाे छ । विशेषत कपडा पसल, जुत्ता चप्पल पसल र खाध्यान पसलमा ग्राहकहरुको ठुलो भीड लागेकाे छ । 


,

0 comments

Write Down Your Responses