Powered by Blogger.
पौने ५ मा राष्ट्रपति चुनावकाे परिणाम घोषणा हुँदै



राष्ट्रपति चुनावमा ५४९ मत खस्यो

काठमाडौं, ११ कातिक । नयाँ राष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा भएको भएको निर्वाचनमा ५४९ मत खसेको छ ।
केहीबेरमा मतगणना सुरु हुनेछ । संसदको कुल सदस्य ५९७ मध्ये ५४९ मत खसेको संसद सचिवालयले जनाएको छ । मधेसी मोर्चासहितका केही दलले मतदान प्रक्रियामा भाग लिएनन् ।
पौने ५ बजे बस्ने संसद बैठकमा मत परिणम घोषणा हुनेछ ।
राष्ट्रपतिका लागि सत्तारुढ गठवन्धनको विद्या भण्डारी र कांग्रेसका कुलबहादुर गुरुङ भिडेका छन् । सत्तारुढ गठवन्धनको पक्षमा प्रष्ट बहुमत भएकाले विद्याको सम्भावना बलियो छ ।


,

0 comments

Write Down Your Responses