Powered by Blogger.
प्रहरीले चोरी गर्यो सर्वसाधारणकाे सुनको सिक्री



बुद्धकुमार आछामी 

सिन्धुली, ११ कात्तिक । सर्वसाधारणको सुरक्षाको लागी खटिएको प्रहरीले नै चोरी गर्यो भन्ने कुरा सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ तर अनौठो नमान्दा हुन्छ यो सत्य घटना हो । सत्य सेवा सुरक्षणमको नारा लिएर सर्वसाधारणको सुरक्षामा खटिएका प्रहरीले केहि महिना अगाडि सिन्धुलीमाढीमा एक सर्वसाधारणको सुनको सिक्रि चोरी गरेको तथ्य फेला परेको छ । 
२०७२ साल जेष्ठ महिनामा कमलामाई नगरपालिका स्थित माझीटारको एक होटलमा खाजा खान बसेको अवस्थामा लाम्पान्टार गाविस वडा नं.४ की रीता बोगटीको १ तोलाको सुनको सिक्रि डयूटीमै खटिएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान राघबेन्द्र उपाध्यायले चोरी गरेका हुन । 
सुनको सिक्री चोरी गरेका सिपाही उपाध्यायले चोरी गरे लगत्तै हवल्दार मेजर भनिने हृदयनारायण पटेललाई जानकारी गराए तर हवल्दार मेजरले चोरी गर्ने सिपाहीलाई कार्वाहीको दायरामा ल्याउनुको सट्टा उल्टै उनले चोरीको सिक्रि १० हजारमा किनीदिए र चुपचाप बस्न आदेश गरे । 
विचरा चोरी गर्ने नाईके प्रहरी जवानलाई १ तोला सुनको १० हजार रुपैयाँ मात्र पाउँदा चिक्त बुझेन हवल्दार मेजसँग थप पैसा माग्दा नदिए उनीहरुको आन्तरिक विवादले चोरीको घटना सार्वजनिक हुन पुग्यो । जिल्ला प्रहरी कार्यालयमा भित्र त्यहि केशले हल्ली खल्ली भएपछि डिएसपी श्यामकुमार महतोले समेत उक्त घटना थाहा पाए । 
फाइल फाेटाे 
घटना डिएसपी सम्म पुगेपछि सिक्रि चोरी भएकी महिला रीता बोगटीलाई प्रहरी कार्यालयमा बोलाएर प्रहरी निरीक्षक राजेन्द्र थापाले हल्ला नगरी दिन आग्रह गर्दै सुनको सिक्रि फिर्ता दिए । रीता वोगटीले आफ्नो हराएको सुनको सिक्रि प्रहरीले चोरेको थाहा त पाइन तर सिक्रि दिर्दै हल्ला नगरी दिन आग्रह गरेपछि उनी पनि चुपचाप नै रहिन । प्रहरीको नियतीका विरुद्ध उनले पनि कहि आवाज उठाउन चाहिन्न । 
सिक्रि चोरी गर्ने प्रहरी जवानलाई अहिले जिल्ला बाहिर सरुवा गरिएको छ । तर प्रहरी जवानले चोरी गरेको सिक्रि सस्तोमा किनवेच गर्ने अपराधिक चरित्र र नियत बोकेका हवल्दार मेजरलाई कार्वाही गर्नुको साटो जिल्ला प्रहरी कार्यालयको संरक्षणमा राखिएको श्रोतले बतायो । 
सिन्धुलीका सर्वसाधारणहरुको नाममा प्रहरी प्रधान कार्यालयमा दोषिलाई कार्वाहीको माग गर्दै उजुरी समेत परेको बुझिएको छ तर अझ सम्म कार्वाही हुन सकेको अवस्था भने छैन । 
मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रवक्ता राजेन्द्र पुरुष ढकालले घटनाको सत्य तथ्य छानविन गरी कार्वाही गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेशात्मक पत्र लेखि पठाइएको बताए । कार्वाही कुन प्रकारको भयो र क–कस्लाई भयो भन्ने बारे जानकारी नआएको ढकालले जानकारी दिए । 
सर्वसाधारण मानिसले चोरी गरेमा पक्राउ कानुन अनुसार कार्वाही हुन्छ तर राज्यको तलब भक्ता खाई देश र जनताकाे सुरक्षामा खटिएका बर्दिधारी प्रहरीले चोरी गर्दा किन कार्वाही हुँदैन ? सम्बन्धीत पिडितलाई बोलाएर हल्ला नगरी दिन आग्रह गर्दै किन सामान फिर्ता दिनुगर्यो ? एउँटा सामान्य सिपाहिले चेतनाको अभावले सर्वसाधारणको सुनको सिक्रि चोरी गर्यो सामान्य विषय होला तर उनी जस्ता प्रहरीको संरक्षण गर्ने माथिल्लो निकायका प्रहरी अधिकृतहरुको नियती के हो ? भन्ने कुरा निक्कै गम्भीर छ । 
गल्ती स्वभाविक रुपमा हुन्छ तर गल्ती ढाकछोप गर्न तर्फ लाग्दा संयौ गल्तीहरु दोहोरी रहन्छन यसतर्फ भने ध्यान दिन जरुरी देखिन्छ । 


,

0 comments

Write Down Your Responses