Powered by Blogger.
सञ्चारमाध्यममा लगाइएको बन्देजप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं, ११ कातिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बाराका सन्चार माध्यमहरुलाई मोर्चा बाहेक अन्यको विज्ञापन र शुभकामना सन्देश प्रकाशन/प्रसारण गर्न रोक लगाएको प्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

मोर्चाको यस कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि हस्तक्षेप भएको महासंघको ठहर छ ।
महासंघका महासचिव उजीर मगरले बुधबार विज्ञप्ति निकालेर सञ्चार माध्यमहरुमाथि लगाइएको बन्देज तत्काल हटाउन माग गरेका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोगको वातावरण निर्माण गर्न सरकार र आन्दोलनरत पक्षलाई आह्वान पनि गरिएको छ ।
मोर्चाले मंगलबार बारामा पत्रकार सम्मेलन गरी मोर्चाबाहेक अरु दलका नेताहरुले चाडपर्वको अवसरमा दिने शुभकामना सन्देश प्रकाशन-प्रसारण नगर्न स्थानीय सञ्चारमाध्यमहरुलाई चेतावनी दिएको थियो ।


,

0 comments

Write Down Your Responses