Powered by Blogger.
तीनकन्यामा चट्याङले लागेर एकको मृत्यु



१२ कात्तिक, सिन्धुली । सिन्धुलीको तीनकन्या गाविसमा चट्याङले लागेर एक बालीकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।
बिहीबार बिहान परेको चट्याङमा परी तीनकन्या- ४ माख्लो ढुंग्रेका १२ वर्षकी धनमायाँ रानाको मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए ।
बिहान ७ बजेतिर परेको चट्याङबाट सोही स्थानका ४५ वर्षीया यूमायाँ स्माली मगर, ३६ वर्षीया मनमायाँ स्माली मगर र १८ वर्षीया रोलमायाँ स्माली मगर घाइते भएका छन् । चट्याङ यमबहादुर रानामगरकाे घरमा परेकाे हाे । मृतक बालिका उनकै छाेरी रहेकाे प्रहरीले बताएकाे छ । चट्याङ पर्दा घरमा नै रहेका गंगाको चट्याङले लागि घरमा नै मृत्यु भएको थियो ।


,

0 comments

Write Down Your Responses