Powered by Blogger.
कर्मचारी टिकाइराख्ने ५ काइदा

अहिलेको समय बेरोजगारका लागि राम्रो जागिर पाउन जति धेरै गाह्रो छ कम्पनीहरुका लागि राम्रो कर्मचारीलाई टिकाइराख्नु उत्ति नै सकस छ । लामो समयसम्म कुनैपनि राम्रो तथा उच्च क्षमतायुक्त कर्मचारीलाई आफ्नो संस्थामा टिकाइराख्नका लागि केवल आकर्षक तलब भत्ता मात्र पर्याप्त हुँदैन अहिलेको जमानामा ।
त्यसका लागि तलब भत्ता बाहेक अन्य धेरै उपायहरु अपनाउनुपर्ने हुन्छ जसका कारण कर्मचारीहरुले छिटो छिटो जागिर छाड्ने दर कम होस् र कम्पनीले आफुले ग्रुम गरेको कर्मचारीबाट राम्रो प्रतिफल लामो समयसम्म लिन पाओस् । त्यसका लागि कुनैपनि कम्पनीमा प्रभावकारी मानव संसाधन योजना आवश्यक पर्छ । उत्पादनशील कर्मचारीलाई संस्थामा टिकाइराख्ने र ऊ बाट राम्रो कार्यसम्पादन हासिल गर्ने ५ काइदा यस्ता छन् :
सुस्पष्ट वृत्तिविकाश : चाहे भर्खरै भर्ना भएका नयाँ कर्मचारी होउन् वा अनुभवी कर्मचारी सबैको एउटै चाहना हुन्छ की जागिरमा पदोन्नती हुने । संगठन अर्थात् कार्यालयको नेतृत्वले आफुहरुको वृद्धि विकाश तथा पदोन्नतीलाई कसरी अघि बढाउने योजना बनाएको छ भन्ने कुरा जान्न चाहन्छन् । आफ्ना सहपाठीहरुको वृत्ति विकाश कसरी हुने गरेको छ भन्ने कुरा मूर्तरुपमा देख्न चाहन्छन् । वृत्ति विकाशमा पदको ठाडो वृद्धि सँगै जिम्मेवारीको क्षितिजिय विस्तार अर्थात् होरिजन्टल तथा ल्याटरल विस्तार पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यस्तै कार्यजिम्मेवारीमा विविधता, नयाँ अनुभव तथा तालिम लगायतको चाहना पनि हुन्छ । त्यसैले कम्पनीहरुले सुपरिभाषित वृत्तिविकाश प्रणाली स्थापित गर्नुपर्छ र कर्मचारीहरुलाई उत्प्रेरित गर्नका लागि कार्यमा विविधिकरण गर्नुपर्छ ।
कर्मचारीको सहभागिता : यो सत्य हो की कुनै कर्मचारीले एउटा कुनै संस्थाको फुलटाइम जागिरे भएर काम गरिरहेको अवस्थामा समेत अन्य राम्रो जागिर खोजिरहेको हुन्छ । अध्ययन अनुसार ५० प्रतिशत कर्मचारीहरु बाह्य अवसरका लागि आफुलाई खुल्ला राखेका हुन्छन् र राम्रो अवसर आउने बित्तिकै पूरानो जागिर छाड्छन् । त्यसैले त्यस्ता अवसरवादी कर्मचारीलाई टिकाइराख्नकालागि मनपर्ने कार्यानुभवको अवसर प्रदान गर्ने, व्यक्तिगत परामर्श, सिकाइ, तालिम, भ्रमण जस्ता अवसर प्रदान गरेर सन्तुष्टि प्रदान गर्नुपर्छ । कर्मचारीहरुमा अधिकारको प्रत्यायोजनका लागि पनि व्यवस्थापनले कन्जुस्याइँ गर्नुहुँदैन ।
कार्य-जिवन सन्तुलन : जागिर अर्थात् काम जे सुकै होस् कुनैपनि कर्मचारीलाई आफ्नो व्यवसायिक तथा व्यक्तिगत जिवनबीच सन्तुलन कायम राख्नुपर्ने चुनौति हुन्छ । यो सत्य हो की धेरै तलब दिइने जागिर खाने कर्मचारीले धेरै समय काममा खर्चिनुपर्ने नै हुन्छ । तर कार्यालयहरुले धेरै समय काम गर्नुपर्ने कर्मचारीका लागि लचिलो कार्यसमय, घरबाटै काम गर्ने व्यवस्था लगायतका सम्भव भएसम्मका सुविधा प्रदान गर्नुपर्छ, ता की कर्मचारीलाई आफ्नो सबै समय अफिसमै गएर बिताउनुपर्ने र परिवारसँगको सम्बन्ध ध्वस्तै पार्नुपर्ने बाध्यता नहोस् ।
मान्यता र पृष्ठपोषण : हाकिमहरुको एउटा चरित्र के हुन्छ भने कुरा बिगि्रँदा झ्वाट्टै थर्काइहाल्ने तर राम्रो काम गर्दा प्रसंसा गर्न छुच्याइँ गर्ने । यसो गर्दा कर्मचारीमा मनोबल कम हुन्छ र कामप्रति उत्प्रेरित हुन सक्दैनन् । त्यसैले हाकिम तथा व्यवस्थापनले हरेक कर्मचारीको राम्रो काम तथा प्रयासको कदर गर्ने, प्रसंसा गर्ने, उपलब्धीहरुलाई पहिचान गर्ने र अरुसामु उदाहरणको रुपमा पेश गर्ने तथा समयमै पृष्ठपोषण दिने काम गर्नुपर्छ । कर्मचारीसँग नियमित छलफल गर्ने तथा पृष्ठपोषण लिन पनि व्यवस्थापनले भुल्नु हुँदैन ।
पहुँचयोग्यता र सहकार्य : संगठनका लागि त्यसको संरचना निकै महत्वपूर्ण हुन्छ । संगठनको सुसंचालनका लागि पदसोपान आवश्यक हुन्छ । तर कहिलेकाहीँ कठोर पदसोपानले कर्मचारीहरुबीच निच र उँचको भावना विकाश गर्ने, उच्च व्यवस्थापक र तल्लो कर्मचारीबीच सम्पर्क नै हुन नपाउने, निर्देशन कार्यान्वयन र प्रत्यक्ष सम्पर्कको अभावले असमान्जस्यता उत्पन्न जस्तो अवस्था समेत सिर्जना हुनसक्छ । लचिलो संगठनात्मक संरचना, चेप्टो तथा मेटि्रक्स खालको संगठन संरचनाले कर्मचारी र व्यवस्थापनबीचको सम्पर्क तथा सहकार्यलाई बढावा दिन्छ । यसका लागि खुल्लाद्धार प्रणाली, खुल्ला कार्यालय संस्कार जस्ता विधि अबलम्बन गर्न सकिन्छ ।
पारदर्शी तथा निष्पक्ष मूल्यांकन : कर्मचारीलाई चाकडी तथा चाप्लुसीको भरमा पदोन्नती, पुरस्कार दिनुको साटो स्वच्छ तथा पारदर्शी मूल्यांकन र सोही मुताविक दण्ड पुरस्कार प्रणालीको व्यवस्था हुनुपर्छ । यसले कर्मचारीमा उत्प्रेरणा बढ्ने र अनुमानयोग्यता बढेर इामन्दारिताको विकाश पनि हुन्छ । योग्यता प्रणालीको आधारमा पुरस्कृत गर्ने प्रणालीको विकाश गर्नुपर्छ । कर्मचारीको लक्ष्यलाई संगठनको लक्ष्यसँग आबद्ध गर्न सक्नुपर्छ । एजेन्सीको सहयोगमा


,

0 comments

Write Down Your Responses