Powered by Blogger.
बीपी मार्गमा बोलेरो दुर्घटना हुँदा आधा दर्जन घाइते

सिन्धुली, १४ कात्तिक । सिन्धुलीमाढीबाट यात्रु तथा खाद्ययान लिएर तिनकन्या तर्फ गइरहेको बा १३ च ६२७४ नम्बरको डपल क्याप बोलेरो वीपी राजमार्ग स्थित भद्रकाली–२ मा दुर्घटना हुँदा बाेलेराेमा सवार आधा दर्जन यात्रीहरु घाइते भएका छन ।

सडकमा पल्टीएकाे बाेलेराे र यात्रीहरू ।
दुर्घटनामा परी घाईते हुनेहरुमा मझुवा गाविस–२ का खेमबहादुर स्याङबो, तिनकन्या गाविस–८ का रुपचन्द्र गुरुङ्ग, कनपा–८ का संदीप थापा, कनपा–१५ का रोहित हमाल, कनपा–६ का भिम बहादुर भुजेल र रतनचुरा–२ का केदार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए ।
घाइतेहरूकाे जिल्ला अस्पतालमा उपचार गरीदै । फाेटाेः उदब श्रेष्ठ
घाइतेहरुको अवस्था सामान्य नै रहेको र सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ । तिब्र गतिका कारण घुम्तीमा बोलेरो पल्टीएको हुन सक्ने अनुमान गरिएको छ ।  घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


,

0 comments

Write Down Your Responses