Powered by Blogger.
जनसेनाका पुर्व कमाण्डर उपराष्ट्रपतिमा निर्वाचित

काठमाडौं,१४ कात्तिक । पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित भएका छन् । औपचारिक घोषणा हुन बाँकी छ । 
संसदको केहीबेरमा बस्ने बैठकमा सभामुख ओनसरी घर्ती मगरले उपराष्ट्रपति चुनावको मत परिणाम घोषणा हुनेछ ।
मत गणनामा सहभागीहरुका अनुसार पासाङले ३२५ मत पाएका छन् । कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन् ।शनिबार भएको मतदानमा ५४६ मत खसेको थियो । तर, १० मत बदर भएको छ ।
आजको मतदानमा आन्दोलनरत मधेसी मोर्चाका सांसदहरुले सहभागिता जनाएनन् । यस्तै एमालेकी सांसद प्रभादेबी बज्राचार्य र यसअघि राष्ट्रपतिको निर्वाचनमा भाग लिने मधेसी मोर्चामा आबद्व दलकी माधवी शाहले भाग लिएनन् । यस्तै राष्ट्रपति भएकी विद्या भण्डारीले सांसदबाट राजीनामा दिइसकेकी भएकाले उनी पनि सहभागि भइनन् ।पासाङ तत्कालिन माओवादीले गरेको सशस्त्र जनयुद्वका कमाण्डर हुन् ।


,

0 comments

Write Down Your Responses