Powered by Blogger.
जिल्ला प्रशासनमै हैरानी ब्यहाेर्दै सेवाग्राही

सेवाग्राहीकाे काम छाडेर भाषणमा हाकिम 

बुद्धकुमार आछामी 
सिन्धुली, ५ मंसीर । बर्षेनी दशै, तिहार र छठ पछि बढी मात्रामा भिडभाड हुने जिल्ला प्रशासन कार्यालया यस वर्ष पनि सेवाग्राहीको भीडभाड नै छ । शहरबाट गाउँमा चाड मनाउँन आउँदा नागरिकता, राहदानी र विभिन्न सिफारीस लिने योजना बनाएका सेवाग्राही चाड सकिएपछि सदरमुकाम आउने भएकाले सेवाग्राहीको चाप जिल्ला प्रशासनमा बढी हुने गर्दछ ।  
प्रतिक्षामा सेवाग्राही । 

बर्षेनी हुने भिडभाडलाई व्यवस्थित गर्न र सेवाग्राहीहरुलाई सहज सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयले भने खासै नयाँ तरिका अप्नाउने गरेको छैन ।
शुक्रबार ११ बजे जिल्ला प्रशासन कार्यालय पुग्दा प्रमुख जिल्ला अधिकारी र २ जना सहायक प्रमुख जिल्ला अधिकारी कोहिपनि कार्यकक्षमा थिएन्न् । प्रमुख जिल्ला अधिकारी ३ महिना देखी शारीरीक अस्वस्थताका कारण निवासमै बसेर सेवा प्रदान गर्ने गरेका कारण पनि कार्यालयमा भेटिएनन भने सहायक प्रमुख जिल्ला अधिकारी बासु प्रसाद काफ्ले विदामा गएका कारण र अर्का सहायक प्रमुख जिल्ला अधिकारी छविलाल विश्वकर्मा कार्यक्रममा भाषण गर्न पुगको कारण ठुला ३ वटै कोठाका कुर्सी खालि थिए । 
सहायक प्रजिअकाे काेठा बाहिर सेवाग्राही । 
सयौ सेवाग्राहीको नागरीकता, राहदानी र विभिनन् सिफारीसमा हस्ताक्षर गर्ने एक्ला सहायक प्रजिअ विश्वकर्मा शुक्रबार २६ औं अन्तराष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला बाल कल्याण समितिले आयोजना गरेको  कार्यक्रममा प्रमुख अतिथी बन्न पुगेका थिए । ११ बजे कार्यालयबाट निस्कीएका विश्वकर्मा १ बजेमात्र कार्यालयमा प्रवेश गरे । त्यतिवेला सम्म गाउँबाट सेवा लिन आएका सेवाग्राहीहरुको ठुलो भीड जिल्ला प्रशासनमा निरास हुँदै बसीरहेको थियो ।
सेवाग्राहीहरुको बाक्लो भीड जम्मा भएपछि कार्यालयकै कर्मचारीले खबर गरेर कार्यालयको अवस्थामा बारेमा पटक–पटक उनलाई जानकारी गराएपनि विश्वकर्मा २ घण्टा पछि मात्र कार्यकक्षमा प्रवेश गरे । 
सेवाग्राहीहरु सहायक प्रजिअ विश्वकर्माको टेबलमा फाइलको चाङ्ग लगाएर कोठाभित्र र बाहिर अनेकौ थरिका क्रिया प्रतिक्रिया जनाउँदै घण्टौ प्रतिक्षा गरिरहेका थिए ।
सहायक प्रजिअकाे टेवलमा रहेकाे फाइलकाे चाग र खाली कुर्सी
राहदानी लिनका लागी कुशेश्वर दुम्जाबाट सिन्धुलीमाढी आइपुगका कान्छामान मोक्तानले भने सरकारी कार्यालयमा सिस्टम छैन, जनताले हैरानी व्यहोर्नुपरेको छ । जनतालाई सेवा दिन जनताकै पसीना खाएर बसेका सरकारी हाकिमहरुको ताल देखेर छक्क परेको मोक्तानले बताए । 
उनी जस्तै अस्तुष्टी व्यक्त गर्नेहरुको भीड ठुलो थियो । तर पनि उनीहरुको अगाडि प्रतिक्षा गर्नु र काम लिनु बाहेक अर्को कुनै विकल्प थिएन । 
सरकारले जनतालाई सरल र सहज हिसाबले सेवा प्रदान गर्नका लागी विभिनन् नितीहरुको निर्माण गरेको भएपनि जिल्लामा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको अवस्था छैन । अन्य सरकारी कार्यालयहरुमा ती सरकारी नितीहरुको कडाइपुर्वक कार्यान्वयन गराउने जिल्ला प्रशासन कार्यालय कै यो ताल देखेर सर्वसाधारण निराश थिए । 
सहायक प्रजिअ भाषण गर्न पुगकाे कार्यक्रम ।
अझ कतिपय अवस्थामा त कार्यकक्षमा बसेर जनतालाई सेवा दिनुपर्ने प्रजिअ र सहायक प्रजिअहरुनै दिनभरी एनजीओ तथा आइएनजीओहरुले आयोजना गरेको कार्यक्रममा व्यस्त हुने गरेका छन भने जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुखहरु पनि कार्यलयमा सेवाग्राहीको काम गर्न छाडेर गैससको गोष्ठी र अन्तरक्रियामा धाउने गरेका छन । जस्ले गर्दा सेवाग्राहीहरुले समान्य कामको लागी घण्टौ कुर्नुपर्ने बाध्यता छ । 
आगामी दिनमा यस्ता कमजोरीलाई सुधार गर्न सके सर्वसाधारण जनताहरुले सहज हिसाबले सेवा पाउने थिए र सरकार र कर्मचारी सर्वसाधारणको पनि भएको अनुभुति गर्न पाउने थिए की ?  


,

0 comments

Write Down Your Responses