Powered by Blogger.
नेराकस जिल्ला अध्यक्षमा श्रेष्ठ सर्वसम्बत

घुस नखान र खान नदिन निर्देशन 

सिन्धुली, ४ मंसीर । एकीकृत नेकपा(माओवादी) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती सिन्धुलीको जिल्ला अध्यक्षमा पुन सरोज बहादुर श्रेष्ठ सर्वसम्बत रुपमा निर्वाचित भएका छन । 
शुक्रबार सिन्धुलीमाढीमा सम्पनन् भएको तेश्रो जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमितिको चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी प्रसाद देवकोटा, सचिबमा गणेश कुमार बोहोरा, कोषाध्यक्षमा नारायण श्रेष्ठ र सदस्यहरुमा पोषक सुवेदी, कल्याण घिसिङ्ग, उद्धब आचार्य र डम्बर अधिकारी चयन भएका छन । 
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रतिनिधी केन्द्रिय उपाध्यक्षका साथमा । फाेटाे बुदकुमार अाछामी 
अधिवेशनले आउँदो १३ र १४ गते काठमाण्डौमा सम्पनन् हुन लागेको सगठनको राष्ट्रिय अधिवेशनका लागी जनक ढकाल, डेडकुमार ढकाल, गुहेश्वरीलाल श्रेष्ठ, गणेश बोहोरा र सरोज श्रेष्ठलाई प्रतिनिधीको रुपमा छनौट समेत गरेको छ । 
सरोज बहादुर श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका केन्द्रिय उपाध्यक्ष सुमनराज सेढाइ, एकीकृत माओवादीका जिल्ला अध्यक्ष राजन दाहाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय निकायका केन्द्रिय कोषाध्यक्ष दिपक कार्की लगायतले अधिवेशन सफलताको शुभकामना सहित आफ्ना धारणा व्यक्त गरेका थिए । 
अधिवेशनमा बोल्दै एमाओवादीका जिल्ला अध्यक्ष राजन दाहालले प्रत्येक कार्यालयमा संस्थागत रुपमा भ्रष्टाचार रहेको भन्दै संगठनमा आबद्ध कर्मचारीहरुलाई त्यसको भण्डाफोर गर्न लाग्न आग्रह गरे । दाहालले आफु पनि घुस नखान र अरुलाई पनि घुस खान नदिन कर्मचारीहरुलाई निर्देशन समेत गरे । 

सहभागीहरू ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन २०६५ सालदेखी जिल्लामा क्रियाशिल रहेको छ । ०६५ पौषमा भएको पहिलो अधिवेशनले डेडकुमार ढकालको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको थियो भने २०६९ मंसीरमा भएको दोश्रो अधिवेशनले सरोज बहादुर श्रेष्ठलाई जिल्ला अध्यक्षमा निर्वाचित गरेको थियो । शुक्रबार भएको तेश्रो जिल्ला अधिवेशनले पनि श्रेष्ठलाई नै सर्वसम्बत रुपमा अध्यक्षमा चयन गरेको छ । 


,

0 comments

Write Down Your Responses