Powered by Blogger.
कार्यालय सहयोगीको भरमा पशु सेवा केन्द्र

बुद्धकुमार आछामी
सिन्धुली, ६ मंसीर । सरकारले पशु पालन व्यवसायलाई विबिधिकरण, व्यवसायीकरण, आयमुलक तथा सम्मानित पेशाको रुपमा विकास गरी राष्ट्रिय उत्पादनमा सहयोग पुरयाउने उदेश्यले ग्रामीण क्षेत्रमा पशु सेवा केन्द्रको स्थापना गरे पनि सेवा केन्द्रहरु कर्मचारी विहिन बनेका छन । ग्रामीण क्षेत्रका पशु सेवा केन्द्रमा दरबन्दी अनुसार पशु चिकित्सक र प्राविधिक नहुँदा पशुपालक कृषकहरु लामो समय देखी सेवाबाट बन्चीत हुनु परेको छ । 

२ नगरपालिका र ५० गाविस रहेको सिन्धुलीमा जिल्ला पशु सेवा कार्यालय बाहेक ग्रामीण क्षेत्रमा १३ वटा पशु सेवा केन्द्रहरु रहेका छन तर विडम्बना जिल्लाको स्वल्पाठाना, बाहुनतिल्पुङ्ग र महेन्द्रझ्याडी गाविसमा रहेको पशु सेवा केन्द्र १ वर्ष देखी कार्यालय सहयोगीको भरमा चलिरहेको छ भने अन्य सेवा केन्द्रहरुमा पनि दरबन्दी अनुसार पशु स्वास्थ्य प्राविधिक बस्ने गरेका छैनन् ।
दुधौली, रतनचुरा र कपिलाकोट सेवा केन्द्रमा पशु चिकित्सको दरबन्दी छ भने अन्य सेवा केन्द्रमा पशु सेवा प्राविधिक र पशु स्वास्थ्य प्राविधिकको दरबन्दी रहेको छ । अधिकाश सेवा केन्द्र कार्यालय सहयोगीको भरमा चलेका छन । बेलाबेलामा देखा पर्ने पशु प्राविधिकहरुले पनि खासै पशुपालक कृषकहरुलाई प्रभावकारी सेवा दिन सकेका छैनन् । 
उता जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.हरिकुमार रघु श्रेष्ठले भने कुनै पनि सेवाकेन्द्रबाट कर्मचारी नबसेको भन्ने लिखीत उजुरी नआएको बताए । कर्मचारी फिल्डमा काम गर्न जाने भएका कारण पनि सेवाकेन्द्रमा कर्मचारी नभेटिएको हुन सक्ने उनको भनाई थियो । 
जिल्लामा पशु चिकित्सक, पशु प्राविधिक, पशु सेवा प्राविधिक, कार्यालय सहयोगी सहित ४७ जनाको दरबन्दी रहेको छ । दरबन्दी मध्ये ४२ जना कर्मचारी छन, जस्मा जिल्ला पशु सेवा कार्यालयमा २३ जना र सेवा केन्द्र तर्फ १९ जना कर्मचारी कार्यरत रहेका छन । 
सरकारले प्रत्येक गाविसमा दुइ प्राविधिक व्यवस्थापन गर्ने निती लिएको भएपनि आर्थिक अभावका कारण चालु आर्थिक वर्षमा २ गाविस बराबर एक प्राविधिक भर्ना गर्ने योजना बनाएको छ । यस वर्ष थप १२ जना पशु सेवा प्राविधिक भर्ना गरिने र २५ गाविसमा प्राविधिक जनशक्ति व्यवस्था गरेर किसानहरुलाई सेवा दिने तयारी भइरहेको कार्यालय प्रमुख श्रेष्ठले बताए । 
एकातिर भएका कर्मचारीहरुलाई ठिक ढंगले व्यवस्थापन गर्न नसक्दा सेवा केन्द्रहरु कार्यालय सहयोगीले सञ्चालन गनुपर्ने अवस्था रहेको छ भने अर्कोतर्फ सेवाग्राहीहरुले सेवा पाउन सकेका छैनन् । यो अवस्थालाई सम्बन्धीत निकायले गम्भीर रुपमा लिएर किसान केन्द्रीत भएर कर्मचारीको परिचालन र व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता देखिन्छ ।  





, ,

0 comments

Write Down Your Responses