लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
बुद्धकुमार आछामी
१६ दिने अभियानकाे पहिलाे दिन सिन्धुलीमाढीमा निकालिएकाे प्रभात फेरी । |
सिन्धुली, ९ मंसीर । ‘घर शान्ति नै विश्व शान्तिको आधारः पुनःनिर्माण, शिक्षा र समान व्यवाहार’ भन्ने राष्ट्रिय नाराका साथ २५ औं अन्तराष्ट्रिय १६ दिने लैंगीक हिंसा विरुद्धको अभियान बुधबारबाट सुरु भएको छ । लैंगीक हिंसाविरुद्ध १६ दिने अभियानको पहिलो दिन सिन्धुलीमाढीमा पनि महिला विकास कार्यालय र विभिनन् महिला अधिकारवादी संघ÷संस्थाको अगुवाईमा प्रभातफेरी निकालिएको थियो । यद्यपी यस्ता अभियान र कार्यक्रमहरूले जिन्दगीका अत्यासलाग्दा समस्यामा बाचेका महिलाहरूलाई छुन सकेको अवस्था भने खासै देखिदैन ।
प्रभातफेरी । |
यस्ता अभियानहरुले लैंगीक हिंसाका कहाली लाग्दा समस्या भोगीरहेका महिलाहरु प्रति लक्षित गरेर चलाउनु पर्ने आवश्यक्ता देखिन्छ । महिला विकास कार्यालय सिन्धुलीले जिल्लाका विभिन्न् गाविसमा पुगेर कोणसभा, अन्तरक्रिया, अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ ।
बुधबारबाट सुरु भएको लैंगीक हिंसा विरुद्धको १६ दिने अभियानले बास्तविक पिडित महिलाहरुको पिडालाई सम्बोधन गर्न सक्छ वा सक्दैन हेर्न बाँकी नै छ ।
0 comments
Write Down Your Responses