Powered by Blogger.
नयाँ शक्तिको शल्यक्रिया


  •  राम कार्की

कुनै नयाँ चिज अगाडि ल्याउन पहिले सोच्ने तरिका फेर्नुपर्छ । जबसम्म हामी सोच्ने ‘प्याटर्न’ फेर्दैनौँ, तबसम्म नयाँ कुरा गर्नु बेकार छ । माक्र्सवादी भनेको निर्धा, निमुखालाई बलशाली बनाउने एउटा अभियान हो । तर, तिनको नाममा आफैँ शक्तिशाली बन्ने काम भयो । हाम्रोमा त पार्टी कमजोर हुँदा त्यसको परिवेशमा बस्ने जनता बलिया थिए तर पार्टी तथा त्यसका नेता बलियो हुँदै जाँदा कार्यकर्ता नै निर्धा हुँदै गए । त्यसैले हाम्रो सोचाइ नै फेर्नुपर्नेछ । क्रान्ति त्यहाँनेर जरुरी छ । पार्टी शक्तिशाली हुँदा जनता पनि शक्तिशाली हुनुपर्‍यो । जनताको आलोचनात्मक चेत हुने, सचेतना अभिवृद्धि हुने, जनताको सर्वाङ्गीण विकास हुने, जनता सबै ढंगले शक्तिशाली हुने परियोजना चाहियो, अभियान चाहियो । कम्युनिस्टकै नाममा बाबुरामजीलगायत थुप्रै कम्युनिस्ट नेता प्रधानमन्त्री नै हुनुभयो । तर, जनता कति शक्तिशाली भए ? अहिले शक्ति कमजोर भएपछि फेरि नयाँ शक्तिको कुरा गर्ने ?

नयाँ शक्तिको त कुरा गरिएको छ । तर, किन नयाँ शक्ति भन्ने प्रस्ट छैन । जनतालाई शक्तिशाली बनाउने भन्ने छैन । शक्तिशाली एउटा टिम बनाउने, पार्टी बनाउने, राज्य बनाउने भन्ने त छ । तर, किन ? शक्तिशाली राज्यमा शक्तिशाली पार्टीले शासन गरेको देशमा जनताचाहिँ शक्तिहीन बन्ने ? माक्र्सवादी आन्दोलनमा यो राजनीतिक पक्षमा धेरै विचार गरिएको छैन । जस्तो, रुसमा कम्युनिस्टले त्यत्रो वर्ष शासन गरे । तर, जनता असाध्यै डरछेरुवा, अन्धविश्वासी र मानसिक रूपमा दुर्बल देखिए । आज मस्कोका चर्चका अगाडि हजारौँ, लाखौँ लम्पसार परिरहेका छन् । कम्युनिस्ट हाबी भएका ठाउँमा मानिस बलियो हुनुपर्ने, शक्तिशाली हुनुपर्ने नि ?
baburam bhattarai

अहिलेसम्म पुँजीवादको मानवमैत्री विकल्प भनेको माक्र्सवाद नै हो । तर, माक्र्सवादलाई सही ढंगले विवेचना गरेर लागू गर्ने क्रममा मात्रै त्यसको विकास हुन्छ । धर्म वा अरू फरक विचारमा दुई लाइन थप गरियो भने त्यो बिग्रन्छ, भ्रष्ट हुन्छ । तर, माक्र्सवादमा ‘दुई लाइन’ थपिएन भने चाहिँ यो खत्तम हुन्छ । यसमा नयाँ गर्न सकिएन भने विकास अवरुद्ध हुन्छ । यहाँ माक्र्सवादमा केही नयाँँ थप्न सकिएको छैन । गाठो त्यहाँ परेको छ । तर, मानिसहरू भौँतारिइरहेका छन् । माक्र्सवादभन्दा बाहिर वा त्यसभन्दा प्रतिपक्षी विचारको शरण लिने, त्यहाँबाट पो केही पाइन्छ कि भन्ने ठानिरहेका छन् । नयाँ कुराले मानिसलाई आकर्षित गर्छ भन्ने लोभमा केही नेता बरालिनुभएको छ । केही समयअघि विप्लव समूहसँग रहेका साथीहरूसँग भेट भएको थियो । उहाँहरू फेरि पुरानै कुरा गर्दै हुनुहुन्छ । त्यस्तै केहीले चाहिँ लगाएकै कपडा थोत्रो भयो भनेर खोलेर फाल्ने कुरा गरिरहनुभएको छ ।

लेनिनको बोल्सेभिक टिममा आलोचनात्मक परिवेश थियो । आफूसँग गम्भीर असहमति राख्ने नेतालाई पनि यथेष्ट भूमिका दिनुभएको थियो उहाँले । तर, हामीलाई आन्दोलनप्रति होइन, व्यक्तिप्रति बफादार र प्यारो मान्छे चाहिएको छ । यो सोचाइ पनि फेरिनुपर्‍यो । आलोचनात्मक परिवेशले मात्र नयाँ चिजको जन्म सम्भव छ । यहाँ जुन नयाँ शक्तिको कुरा गरिँदै छ, तर खोइ त त्यो परिवेश ? के उहाँहरूले आफूवरिपरि त्यस्तो परिवेश बनाउनुभयो ? जो आज नयाँ शक्तिको कर्णधार भनेर देखिनुभएको छ, के उहाँहरू नै आलोचनात्मक परिवेशको निर्माण गर्ने मान्छे हो ? असहमतिलाई पचाउन सक्ने, आफूसँग असहमत मानिसलाई समेट्न सक्ने, फरक विचार राख्नेलाई सम्मान गर्नसक्ने परिवेशले मात्र नयाँ चिज जन्मन्छ । तर, यो कम्युनिस्ट आन्दोलनमै छैन । बाबुरामजीमा पनि छैन । तसर्थ, हामीले कसरी जनतालाई शक्तिशाली बनाउने भन्नेतिर सोच्नुपर्छ । माक्र्सवादी आन्दोलन बलियो भएको ठाउँमा जनता किन निर्बल, शक्तिहीन भए, खोज्नुपर्ने भएको छ ।

बाबुरामजीहरू फेरि शक्ति बनाउने भनिरहनुभएको छ । तर, पहिले नै ठूलो शक्ति थियो नि ! त्यो शक्ति किन क्षय भयो ? त्यो पो खोजी गर्नुपर्‍यो । यो देशको २५ हजार गाउँमा आफूलाई माओवादी भन्ने मानिस तयार भएका थिए । अहिले पनि खोज्यो भने सबै ठाउँमा सिला भेटिन्छ । माओवादी झन्डालाई समर्थन गर्ने मान्छेहरू, प्रचण्ड–बाबुरामलाई देखेपछि सलाम गर्नेहरू थिए, अभिनन्दन गर्नेहरू थिए । तर, त्यत्रो शक्ति के भयो ? अब फेरि नयाँ शक्ति कसरी बन्छ ?

माथि उल्लेख गरेजस्तै अहिलेसम्म पत्ता लागेको पँुजीवादको मानवमैत्री विकल्प माक्र्सवाद हो । यो होइन कसैले भन्छ भने ‘काउन्टर’ गर्न सक्नुपर्‍यो । माक्र्सवादमा पनि मौनता छन्, खाली ठाउँ छन्, तिनलाई भर्दै जानुपर्‍यो । माक्र्सवादको राजनीतिक र सामाजिक क्षेत्रमा कमै काम भएको देखिन्छ, तर त्यो चुनौतीबाट भाग्नु त भएन । बाबुरामजी भागिरहनुभएको छ । आज देश असाध्यै संकटमा छ । लाखौँ युवा बिदेसिएका छन् । तिनले पठाएको रेमिटेन्सले बालबालिका तथा वुद्धवृद्धा जीविका धानिरहेका छन् । यस्तो यथार्थबाट कोही भाग्न मिल्छ ? राजीनामा दिन मिल्छ ? दुई लाइनको राजीनामा लेखेर म यसमा छैन भन्न मिल्छ ? इतिहासले त कठघरामा उभ्याउँछ । इतिहासले मरेपछि पनि कैयौँलाई चिहानबाट ल्याएर मूल्यांकन गरेको छ ।
बाबुरामजीहरू फेरि शक्ति बनाउने भनिरहनुभएको छ । तर, पहिले नै ठूलो शक्ति थियो नि ! त्यो शक्ति किन क्षय भयो ? त्यो पो खोजी गर्नुपर्‍यो । यो देशको २५ हजार गाउँमा आफूलाई माओवादी भन्ने मानिस तयार भएका थिए । अहिले पनि खोज्यो भने सबै ठाउँमा सिला भेटिन्छ । माओवादी झन्डालाई समर्थन गर्ने मान्छेहरू, प्रचण्ड–बाबुरामलाई देखेपछि सलाम गर्नेहरू थिए, अभिनन्दन गर्नेहरू थिए । तर, त्यत्रो शक्ति के भयो ? अब फेरि नयाँ शक्ति कसरी बन्छ ? भएको शक्तिले जनतालाई किन शक्तिशाली बनाउने काम गरिएन ? त्यस वेला जनतालाई शक्तिशाली बनाइदिएको भए हामीलाई कसले धकेल्न सक्थ्यो हाम्रो एजेन्डाबाट ? त्यसको पनि मूल्यांकन गर्नुपर्छ । यति ठूलो आन्दोलन जादुले उडेजस्तो त पक्कै हुन्न । यो देशमा पहिलोपटक दलित, जनजाति, महिला, मधेसी, थारू, मुस्लिमलाई, उद्वेलित गर्नसक्ने, लाखौँलाख मानिसलाई यो आन्दोलनप्रति आफ्नो धारणा बनाउन बाध्य गर्ने आन्दोलनको समीक्षा हुनुपर्दैन ? त्यसको समीक्षा नगरी कसरी नयाँ शक्तिको कुरा गर्न सकिन्छ ? कुन आधारमा नयाँ चिज बन्न सक्छ ? कुन विचारका कारण त्यो आन्दोलनको यस्तो हविगत भयो ? कुन नेतृत्व शैलीका कारण त्यो आन्दोलन कमजोर भयो, त्यसको समीक्षा गर्नुपर्दैन ? तर, त्यसो गर्नुपर्ने प्रमुख नेता आज दायाँबायाँ गरिरहनुभएको छ । मुन्टो बंग्याइरहनुभएको छ । उहाँहरूले समीक्षा गर्नुभएको भए राम्रो हुन्थ्यो । नयाँ पिँढीले गर्नुपर्‍यो भने असाध्यै निर्मम भएर गर्नेछ, जसरी उहाँले गर्नुभएको थियो कुनै वेला अघिल्लो पिँढीको । र, यो समीक्षा नगरी आन्दोलन अघि बढ्न सक्दैन । अहिले देखिएका नेतामा विनम्रता देखिँदैन । यो समस्या बाबुरामजीमा पनि छ । केही समयअघि बाबुरामजीको एउटा ‘बकपत्र’ आएको थियो । त्यसमा पनि आत्मप्रशंसा नै बढी थियो । झन् कम्युनिस्टको त रचना हेर्नै हुन्न, त्यो आत्माश्लाघाले भरिएको छ । यो गरियो र त्यो गरियोको गौरव छ । आत्मालोचना नै छैन । लेनिनमा जुन विनम्रता, आत्मालोचनाको प्रवृत्ति देखिन्थ्यो, त्यो नेपालका नेतामा छँदै छैन । नेपालमा कडी त्यहाँबाट टुटेको छ ।

अहिले देशमा देखापरेका वैचारिक तथा राजनीतिक समस्यातिर ध्यान केन्द्रित नगरी नयाँ–नयाँ नारा दिएर, नयाँ–नयाँ प्रहसन गरेर केही हुँदैन । जस्तो मधेसमा हामीले हाम्रो ‘गरिब, उत्पीडित तथा शोषित मधेस’ लाई छोडी कुलीनहरूसँग संश्रय गर्‍यौँ । फलस्वरूप ‘सेटब्याक’ भयौँ । हामीले मधेसका अवसरवादी, भ्रष्ट, माथिल्लो वर्गको सेवा गर्ने नेतालाई राजनीतिक स्वीकृति दिनु हुँदैनथ्यो । त्यसो गर्दा हाम्रा मधेसी कमरेड र जनता टाढिए । अहिले बाबुरामजी पनि त त्यतै घुमिरहनुभएको छ । उहाँले पनि आफ्नो मधेस खोजेको देखिन्न । अनि कहाँ भयो नयाँ ? यसबाट जनता शक्तिशाली हुने सम्भावना नै छैन । भलै उहाँहरू शक्तिशाली हुन सक्नुहुन्छ ।

बाबुरामजीको भनाइमा वितरागजस्तो देखिन्छ, केही लोभलालच छैन भनेजस्तो । तर, उहाँलगायत नेताले पहिल्यै कुनै प्रमुख पद नलिने भनेकै हो । ०६२/६३ मै कुनै कार्यकारी पद नलिने भनेका हुन् र त्यसलाई उहिल्यै धोती पनि लगाइदिएका हुन् । उहाँहरूले आ–आफ्नो नामै लिएर सत्तामा नजाने भनेकै हुन् । तर, जे भयो सबै छर्लंग छ । नयाँ शक्ति बनाउने भन्ने कुरा वैचारिक रूपमा नै गलत छ । जनतालाई शक्तिशाली बनाउने अभियान पो सुरु गर्नुपथ्र्यो । केही मान्छे मिल्ने र फेरि शक्तिशाली बन्ने, हिजो माओवादी आयो भन्ने जुन प्रभाव थियो, त्यही साख पुनस्र्थापित गर्ने भन्ने कुराचाहिँ अब सम्भव छैन । नयाँ शक्ति अहिलेसम्म आएका कुनै विचारधारामा आधारित हुनुपर्‍यो । प्रस्ट पार्नुपर्‍यो । त्यो स्पष्ट भएको भए अरू पनि पो जान्थे कि ? बाबुरामजीमा मात्र होइन, कम्युनिस्ट आन्दोलनमै ‘एथोरिटेरियन’ सोच छ, कसरी आफू शक्तिशाली बन्ने भन्ने । शक्ति कहाँबाट आर्जन गर्ने भन्ने सोच छ । पछिल्लो कालमा शक्ति पैसामा हुन्छ भन्ने सोच पनि विकास भयो । त्यस्तै शक्ति त मसल्समा हुन्छ भन्ने भयो । निर्धा, निमुखा, गाउँका मानिससँग त शक्ति छैन भन्ने भयो सोचाइ नै ‘डेभिएट’ भएर । त्यसैले पहिले यो ‘एथोरिटेटिभ सोच’ लाई फेर्नुपर्छ । शक्तिशाली बन्ने सत्तावादी सोच मिल्काएर जनतालाई कसरी शक्तिशाली बनाउने भन्ने काम सुरु गर्नुपर्छ । नयाँ त्यो हुन्छ । अहिलेको नयाँ शक्तिको बहसले जनतालाई चाहिँ शक्तिशाली बनाउँदैन । जनता कति शक्तिशाली बने, कति शक्तिशाली बनाइयो, त्योचाहिँ महत्त्वपूर्ण हो । जनता झन्झन् निर्बल, निर्धा, आत्मविश्वास गुमाएका, अन्धविश्वासी हुँदै जान्छन् भने त्यो क्रान्तिकारीपन होइन । त्यसैले क्रान्तिको क्रान्तिकारीकरण नै आजको आवश्यकता हो ।


,

0 comments

Write Down Your Responses