Powered by Blogger.
हस्त लिखित राहदानीको अबधि सकियो

स्पेन । हस्त लिखित राहदानीको वहाल अवधि सकिए पनि प्रबासमा रहेका सबै नेपालीहरूले एमआरपी राहदानी भने बनाई सकेका छैनन् । पेरिस स्थित दुताबासको घुम्ती टोलि बार्सिलोना आउँदा करिब ५० जनाले एमआरपी बनाउँन फारम भरे पछि स्पेनमा यसको पुष्टी भएको हो ।

यद्दपी बिगतमा जस्तो एमआरपी बनाउँने भिड भने देखिएन। बार्सिलोना वरिपरी क्षेत्रबाट यसपटक कम संख्यामा फारमहरु संकलन भए । तर स्पेन भरी नै भने, ठुलो संख्यामा एमआरपी पासपोर्ट बनाई नसकेको अनुमान लगाउँन सकिन्छ ।

एमआरपी फारम भर्न आएका एक आवेदकले (नाम नखुलाईएको) भने, ‘आँफुलाई जहिले चाहियो,त्यहिले नै बनाउँन आईयो,अहिले नै घर जानु छैन, के- को हतार ।’ प्रश्न गर्दा निकै कडाईका साथ प्रस्तुत भएका उनि, नोभेम्बर २४ पछि हस्त लिखित राहदानी नचल्ने,थाहा हुँदा हुँदै पनि एमआरपी नबनाएको बताए ।

तर स्याङ्जा स्थायी घर भई हाल बार्सिलोना बस्दै आएका बिश्वबन्धु रेग्मीले, बेलैमा आँफुले एमआरपी राहदानी बनाएकोले कुनै समस्या नपरेको बताए । भर्खर जन्मेकी आफ्नी छोरीको,राहदानी बनाउँन आएका उनले भने, ‘एनआरएनले कार्यलय खोलेर यहीबाट फारम भर्न पाउँदा र दुताबासका कर्मचारीले यतै रुजु गरी दिदा, धेरै सजिलो भयो। आशा छ, फारम बिग्रियो भन्दै, फर्केर आउँने छैन। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको पहलमा पेरिस स्थित नेपाली दुताबासबाट आएको, घुम्ती टोलीले नयाँ बनेका एमाआरपी राहदानी बितरण तथा फारम संकलन कार्य सम्पन्न गरेको हो ।

दुताबासका सहचारी धनीक लाल महतोले हस्तलिखित राहदानीको वहाल अवधि सकिए पनि एमआरपी बनाउँनको लागि आवेदनहरु आईरहेको बताए । उनले भने, ‘ध्यान पुर्बक फारम भरेमा, फोटो मिलाएर खिचेमा र दुताबासका सूचनाहरुलाई राम्रो सँग हेर्ने बानी बसाले पनि समयमा नै राहदानी हाता पर्छ।’ आवेदकले समयमा नै दुताबासलाई मेल गरी ठेगाना उपलब्ध नगराउदा पनि जारी भएका एमआरपी राहदानीहरु दुताबासमा नै रोकिने गरेको भन्दै महतोले यस्तो वताएका हुन् ।
सहचारी महतोलाई एनआरएन स्पेन लगायत, स्पेन स्थित संघ संस्था प्रतिनिधिहरुले फारम भर्न तथा जारी भएका राहदानी बितरण गर्न सहयोग गरेका थिए।

एनआरएन स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले जारी भएका राहदानी बितरण तथा फारामहरु संकलन कार्य,एनआरएनको कार्यलयबाट नै गर्न सकिएको हुँदा खुसी ब्यक्त गरेका छन् । उनले भने ‘पेरिस दुताबास, स्पेनस्थित नेपाली संघ, संस्थाका प्रतिनिधिहरु प्रति आभारी छु । सबैको सहयोगले नै गर्दा आज आफ्नै कार्यलयबाट नेपाली समुदायको सेबा गर्ने मौका पाएका छौ ।’

गुरुङले हस्त लिखित राहादानीको अबधि सकिदा पनि, अझै सबैको हातमा एमआरपी नभएको भन्दै, यथाशिघ्र फारम भर्न अनुरोध गरेका छन् ।

एनआरएनको हालै संचालनमा आएको कार्यलयबाट नोभेम्बर २४ र २५ तारिक गरि दुई दिन सम्म जारी भएका राहदानी बितरण तथा फारम संकलन कार्य सम्पन्न भएको थियो।


,

0 comments

Write Down Your Responses