योजना आयोगको उपाध्यक्षमा पुनः डा. खतिवडा
काठमाडाैं, १८ कार्तिक । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः डा. युराज खतिवडा नियुक्त भएका छन् । डा. खतिवडा यस भन्दा अघि आयोगकै उपाध्य पद छाडेर एमालेको कोटाबाट गर्भरनर भएका थिए । आज बसेको मन्त्रिपरिषदकोे बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
पुनः निमार्ण लगाएतको काम गर्न अनुभवि व्यक्ति आवास्यक भएकोले डा.खतिवडालाई नियुक्त गरिएको एक मन्त्रिले बताएका छन् ।
मन्त्रि परिषदको बैठकले मधेस आन्दोलनमा मृत्यु हुने प्रहरीका परिवारलाई राहत स्वरुप दश दश लाख रुपैय दिने निर्णय समेत गरेको छ ।
0 comments
Write Down Your Responses