Powered by Blogger.
स्वास्थ्य क्षेत्रमा शुद्धिकरण र सुदृढीकरणकै समस्या

पछिल्लो समय जिल्लाको स्वास्थ्य क्षेत्र झनै भद्रगोल बन्दै गइरहेको सरोकारवालाहरुले बताएका छन । समस्या नै समस्याले झेलिएको स्वास्थ्य क्षेत्रमा सुधार हुनुको सट्टा किन झन भद्रगोल बन्दै गइरहेको छ भन्ने विषय सवैको सरोकारको विषय बनेको छ । 
समग्र जिल्ला भरिको स्वास्थ्य क्षेत्रको अवस्था सुदृढ हुन सकिरहेको छैन । जिम्मेवार तहबाट नै स्वास्थ्य क्षेत्रमा गम्भीर लापरवाही भएका तथ्यहरु बारम्बार बाहिर आइरहेकै छन । तर पनि सम्बन्धीत निकाय जिल्लाको स्वास्थ्य क्षेत्रलाई व्यस्थित गर्नका लागी तत्परताका साथ लागीरहेको छैन । 
लामो प्रयास पछि सिन्धुली जिल्ला अस्पतालले ५१ शैयाको अनुमति पाएको छ तर पनि पर्याप्त दक्ष जनशक्ति र भौतिक संरचनाको अभावका कारण विगत वर्षहरुकै निरन्तरतामा अस्पताल चलिरहेको छ भने गाउँका स्वास्थ्य संस्थाहरु त झन लथालिङ्ग अवस्थामा छन । 
जिल्ला भरिको स्वास्थ्य क्षेत्रको नेतृत्व गर्ने जिल्ला स्वास्थ्य कार्यालय पनि भ्रष्टाचारको अखडा जस्तै बन्दै गएको छ । स्वास्थ्य कार्यालयका हरेक गतिविधीमा कमिशनको खेल हुने गरेको तथ्यहरु पटक–पटक बाहिर आउने गरेका छन । 

एकातिर जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा खासै ध्यान दिएको छैन भने सरोकारवाला राजनैतिक दल र स्थानीयहरुले पनि स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा खासै ध्यान दिएको अवस्था देखिदैन । 
गाउँका दर्जनौं स्वास्थ्य कार्यालय र संयौ स्वास्थ्यकर्मीहरुको नेतृत्व गर्दै हजारौं जिल्लावासीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने जिल्ला स्वास्थ्य कार्यालयले आन्तरिक शुद्धिकरण र सुदृढीकरणमा जोड दिनुपर्ने आवश्यक्ता देखिएको छ । भने सरोकारवाला राजैतिक दल र स्थानीयहरुले स्वास्थ्य क्षेत्रमा भइरहेको कमिशन, भ्रष्टाचार जस्ता खेललाई अन्त्य गर्न क्रियाशिलता देखाउनु आवश्यक छ । 
पछिल्लो समय आन्तरिक विवादका कारण सिन्धुली जिल्ला अस्पताल भद्रगोल बन्दै गएको छ । जनतालाई सेवा गर्न आएका डाक्टरहरुकै आन्तरिक प्रतिसप्रर्धाका कारण अस्पताल झन कमजोर बन्दै गएको हो । अहिले अस्पताल भित्र डाक्टरहरु एकअर्कालाई असहयोग गर्न र खट्टा तान्न खुलेरै लागि परेका छन । जस्का कारण अस्पताल कमजोर बन्दै गएको छ । 
आन्तरिक विवादका कारण कमजोर बन्दै गएको जिल्ला अस्पताललाई कसरी सुदृढ गर्ने र आन्तरिक विवादलाई कसरी समाधान गर्ने भन्ने बारेमा अस्पताल व्यवस्थापन पक्षले समेत खासै ध्यान दिएको देखिदैन । अस्पताल भित्र जिम्मेवार पक्षबाट भएको अस्वभाविक गतिविधीका कारण दक्ष र विशेषज्ञ डाक्टरहरु पलायन हुने अवस्थामा आइपुगेका छन । 
जिल्लाको समग्र स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्नका लागी सवै पक्ष चनाखो भएर लाग्नुपर्ने आवश्यक्ता देखिन्छ भने ५१ शैयाको अनुमति पाएको जिल्ला अस्पतालमा दरबन्दी अनुसार दक्ष डाक्टरहको व्यवस्था र भौतिक पुर्वाधारको व्यवस्थापन गर्नका लागी सवै सरोकारवाला निकायहरु गम्भीर भएर लाग्नु पर्ने देखिन्छ । 


,

0 comments

Write Down Your Responses