माेर्चाले संसद बैठक अबरूद पार्ने
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhz08C-iSOm0PF6bk6MEcAum96kmaXbd5umbzeG3_R795q59XfRlmZ-FS0d7Aw2ENwfYDmdltqadbSHMqkFLEx7hYxsqBcdLUVJnVHr8chyphenhyphenXKTukxQWaMdDMbw31iuTz0w-ClPmS12qVFI/s640/Madhesi-Morcha.jpg)
मधेसी मोर्चामा आवद्ध दलहरुबीच संसदमा उपिस्थत हुन र बैठक चल्न नदिने सहमति भएको छ । ‘हाम्रो माग संविधान संशोधन हो र त्यो संसदबाटै सम्भव छ’सद्भावनाका महासचिव मनिष सुमनले भने-‘सडकमा जस्तै संसदमा पनि दबाव दिन्छौं ।’
मधेस आन्दोलनलाई नै लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि संसद बैठक अवरुद्ध गर्ने तयारी गरिरहेको छ ।
कांग्रेसले आफ्नो नेतृत्वको अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक तत्काल संसदमा ल्याउन माग गरेको छ । तर, कांग्रेसको मागप्रति मधेसी मोर्चा सन्तुष्ट छैन ।
मधेसी मोर्चाले भने उक्त संशोधन प्रस्तावप्रति आफूहरुको कुनै सरोकार नै नभएको बताएको छ । सद्भावना महासचिव सुमनले भने-त्यो संशोधन प्रस्ताव हामीसँग परामर्श गरेर दर्ता भएको होइन र त्यससँग हाम्रो कुनै सरोकार छैन ।’
0 comments
Write Down Your Responses