Powered by Blogger.
कृषिमा विकास भएमात्र कृषकको जीवनस्तर उठ्छः कृषि मन्त्री



बुद्धकुमार आछामी
डुडभञ्ज्याङ्ग, २९ मंसीर । कृषि मन्त्री हरिबोल गजुरेलले नेपालमा कृषि क्षेत्रको विकास गर्न सकेमा मात्र गाउँका कृषकको जीवनस्तर माथि उठ्न सक्ने बताएका छन । 
मङ्गलबार डुडभञ्ज्याङ्ग गाविसको कामदा उमाविको ३७ औं वार्षिक उत्सव समारोहलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै कृषि मन्त्री गजुरेलले भने, ‘विश्वका विकसीत मुलुकहरु कृषि क्षेत्रको विकासबाट नै माथि पुगेका हुन, नेपालको विकासका लागी पनि कृषि क्षेत्रको विकास जरुरी छ ।’ कृषि क्षेत्रको विकासले कृषकहरुको जीवनस्तरमा सुधार ल्याउने र कृषकको जीवनस्तरमा सुधारसँगै देशको विकास हुने मन्त्री गजुरेलको भनाई थियो । 
गजुरेलले कृषि क्षेत्रको विकासका लागी २७ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको बताउँदै सकेसम्म राम्रो काम गर्ने यदि नसके नराम्रो काम पनि नगर्ने बताए । उनले जिल्लाको समग्र विकास लागी जिल्लाका सवै जनप्रतिनिधीहरु एकजुट भएर लागीरहेको समेत बताए । 
एकीकृत माओवादी कोषाध्यक्ष समेत रहेका गजुरेलले नयाँ संविधानको बारेमा बोल्दै भने, ‘अहिलेको नयाँ  संविधान एमाओवादी, काग्रेस र एमालेले चाहेजस्तो नभएपनि विश्वकै उत्कृष्ट संविधान बनेको छ ।’ संविधानले महिला, दलित, जनजाती, अल्पसंख्यक, मुस्लीम समुदायलाई अधिकार सम्पनन् बनाएको बताए । 
संविधान बनेपछि सवै पार्टी एकताबद्ध भएर अगाडि बढ्न जरुरी रहेको भएपनि त्यो हुन नसकेकोमा मन्त्री गजुरेलले दुःख व्यक्त गरे । नयाँ संविधान बनेपनि नेता, कर्मचारी र मन्त्रीहरुको हिजोको बानी,व्यवाहार र चिन्तनमा परीवर्तन नआएकाले परिवर्तन आउन जरुरी रहेको उनको भनाई थियो । 
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काग्रेस सिन्धुलीका सभापति तथा क्षेत्र नं.२ का सांसद मोहन प्रसाद बरालले संविधान सहमतिको दस्तावेज रहेको बताउँदै, कसैको अधिकार नपरेको भएमा त्यसलाई थप गर्न सकिने बताए । बरालले सिन्धुली जिल्लाको विकासका लागी सवै पार्टीका जनप्रतिनिधीहरु जुटेर लागेको बताउँदै डुडभञ्ज्याङ्ग गाविसको विकासमा सक्दो योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे । 
कार्यक्रममा बोल्दै क्षेत्र नं.१ का सभासद गणेश कुमार पहाडीले संविधान उत्कृष्ट बनेको भएपनि संविधानको महत्वको बारेमा जनतालाई बुझाउन नसक्दा समस्या भएको बताए । जनतालाई संविधानको महत्वको बारेमा बुझाउन सरकारले अभियान समेत चलाईरहेको उनले बताए । सभासद पहाडीले पनि जिल्लाको विकासका लागी सवै जनप्रतिनीधीहरु मिलेरै अगाडि बढ्ने प्रतिबद्धता गरे । 
वार्षिक उत्सव समारोहमा बोल्दै जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले विद्यालय  शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन सवैपक्ष क्रियाशिलताका साथ लाग्नु पर्नेमा जोड दिए । शिक्षाको गुणस्तरलाई माथि उठाउन सकेमात्र समाजको अरुक्षेत्रको विकास हुने खड्काले बताए । 
वार्षिक उत्सव समारोहमा सगरमाथा आरोही लाक्पा शेर्पा, विश्वप्रशिद्ध प्याराग्लाइडर सानुवावु सुनुवार प्याराग्लाईड मार्फत कार्यक्रम स्थलमा पुगेका थिए । प्याराग्लाइडबाट उनीहरु आइरहदा कार्यक्रममा उपस्थित कृषिमन्त्री गजुरेल लगायत अतिथी र दर्शकहरु निक्कै अच्चमीत मानेर आकाश तर्फ हेरीरहेका थिए ।
कार्यक्रममा एकीकृत माओवादीका जिल्ला अध्यक्ष राजन दाहाल, नेपाली काग्रेसका २ नं.क्षेत्रीय सभापति कृष्णप्रसाद दाहाल लगायत स्थानीय नेताहरुको उपस्थिती रहेको थियो । 
वार्षिक उत्सव समारोहको अवसमार विद्यालयले विद्यार्थीहरुलाई विभिनन् अतिरीक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेको थियो । विद्यालयका अध्यक्ष कुन्जरमणी बरालको अध्यक्षतामा भएको वार्षिक उत्सव समारोहमा प्रधानाध्यापक गंगाप्रसाद शाहले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 




,

0 comments

Write Down Your Responses