Powered by Blogger.
राहतको चामल आगो लगाएर पुरीयो



सिन्धुली, ३ पौष । भुकम्प पीडितका लागी वितरण गर्न ल्याइएको चामल राता रात डडाइएको र पुरिएको छ । सिन्धुलीमाढी सभा गृह हलमा राखिएको चामल जनताको संविधान जनताको माझमा राष्ट्र ब्यापी प्रचार अभियान अन्तरगत विहिवार कार्यक्रम गर्नको लागि हल खाली गर्दा राहतको चामल डडाईएको र पुरिएको पाईएको हो ।राहतको खाद्यान्न सामाग्री भण्डारण सभागृहमा  गरिएको थियो । बैशाख १२ गतेको विनासकारी भुकम्पले घर तथा खाद्ययान्न गुमाएर घरवार विहिन भएकाहरुलको लागि तत्काल वितरण गर्ने गरी सभागृहमा भण्डारण गरिएपनि भण्डारण स्थलमै चामल कुहिएर सभागृहको पेडिमा बस्ने असहाय बृद्ध बृद्धाहरुले बस्न छाडिसकेका थिए ।
पिडितहरुलाई खान समस्या भई रहेको समयमा तत्काल विभिन्न लोभ लालचले वितरण गर्न नसक्दा पिडितको नाममा आएको चामल वितरण गर्न नसक्दा झण्डै २ सय वोरा चामल राता रात कति डडाईए त कति खाडलमा पुरिए ।
खाने चामल राम्रोसँग ब्यबस्थापन गर्न नसक्दा कुहिएर किरा परेको थियो । पिडितको नाममा आएको खाद्ययान्न जिल्ला दैवि प्रकोप उद्धार समिति सिन्धुलीको चरम लापारवाहीका कारण पिडितले पाउन सकेनन्. । जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरुले जिल्लामा आवश्यक नभएको भए राहतको चामल बुझ्नु गलत भएको र आवश्यक भए किन वितरण नगरिएको भनेर उल्टै जिल्ला दैवि प्रकोप उद्धार समितिलाई दोष देखाएका छन् ।
तर यस विषयमा जिल्ला दैवि प्रकोप उद्धार समिति सिन्धुलीका संयोजक दिपकराज नेपालले भने दशै अगाडीनै कामका लागि राखिएको स्टक चामल कामका लागि चामल भनेर वितरण गरिएको दावि गरे । अनी बाँकी कुहिएको चामल कता पु¥याउनु भयो भन्ने जिज्ञासामा भुकम्प पिडित किसानकालागि पशुलाई खुवाउन मिल्ने भएकाले भुकम्प पिडित किसानलाई जिल्ला पशु सेवा कार्यालयको सिफारिसमा बाडिएको बताएपनि कति बाडियो भन्ने चाही डाटा प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी समेत रहेका नेपालले बताए । अझ उनले भने “यस सम्बन्धि सवै जिल्ला विकास समितिलाई जानकारी हुने भएकाले जिविसलाई सोध्न आग्रह गर्दै जिम्मेवारीबाट सहजै पन्छिए । ”
उता जिल्ला पशु सेवा कार्यालय सिन्धुलीका अनुसार जिल्लाका भुकम्प पिडित किसानका लागि कुहिएको चामल नबाडेको बताएको छ । जिल्ला प्रसाशासन कार्यालयको भनाई सरासर गलत भएको र पशु सेवा कार्यालयलाई कुनै त्यस्तो जिम्मेवारी नदिएको कार्यालयका एक कर्मचारीले बताए ।
जिम्मेवारी लिएका निकायका प्रमुखहरुको चरम लापरवाहीका कारण पिडितहरुको नाममा आएको राहत सामाग्रीको दुरुपयोग भएको छ । जिम्मेवारी वहन नगर्दा पिडितहरुले पाउने अधिकारबाट बञ्चित भएका छन ।
भुकम्प प्रभावित अन्य जिल्लाहरुमा पिडितहरुलाई खाने कुराको जोहो गर्न समस्या भएको भएता पनि सिन्धुलीमा भने चामल कुहाएर डढाईएको र पुरीनु गतल भएको र वेलैमा व्यवस्थापन गर्न नसक्ने प्रमुखहरुले पिडितहरुको मार्का नबुझेको आरोप लगाएका छन् । दाताले दिएपनि उनीहरुले पाउने राहत सामाग्री नास हुनेले भोलीका दिनमा विपत्ति परेको समयमा राहात पाउने र दिने दाताले पनि सहजै नदिने भएकाले यस घटनाले नराम्रो सन्देस दिनेमा जिल्लाबासिको चिन्ता छ ।


0 comments

Write Down Your Responses