Powered by Blogger.
अन्र्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाइयो

जोखीमपूर्ण अवस्थामा वैदेशीक रोजगारी   

ठुलोकान्छो सार्की
सिन्धुली, ३ पौष । सुरक्षित वैदेशीक रोजगार, हामी सवैको सरोकार भन्ने मुल नाराका साथ अन्र्तराष्ट्रिय आप्रवासी कामदार दिवस–२०१५ सुक्रबार सिन्धुलीमा पनि प्रभातफेरीको आयोजना गरी मनाइएको छ । जिल्ला विकास समिति सिन्धुलीको आयोजनामा निकालिएको ¥याली जिल्ला विकास समिति सिन्धुलीको प्रांगणबाट सुरु भएर माढीबजार परिक्रमा गर्दै पुनः जिविसमै पुगेर सम्पन्न भएको थियो । 
कोणसभालाई नेकपा(एमाले)का जिल्ला अध्यक्ष प्रदिप कट्वालले सम्बोधन गरेका थिए । उनले जिल्लामा सञ्चालित वैदेशीक रोजगार सम्बन्धी सुचना तथा परामर्श केन्द्रलाई अझ प्रभावकारी बनाउन जरुरी रहेकोमा जोड दिए ।
सन् २००३ देखि अन्र्तराष्ट्रिय स्तरमा मनाउन थालिएको यो दिवस नेपालमा भने सन् २००६ देखि मनाउन थालिएको हो । श्रम तथा रोजगार मन्त्रालयको संयोजकत्वमा सरोकारवाला सम्पूर्ण निकायको सहभागितामा विभिन्न किसिमका कार्यक्रमहरु दिवसको अवसरमा सन्चालन भएको र  यो दिवस आप्रवासी कामदारहरु हक अधिकार सुरक्षित गर्न दिवसले सहयोग पु¥याउने लक्ष्य राखिएको छ । 
सुरक्षित बैदेशिक रोजगारलाई प्रबद्र्धन तथा सहजीकरण गर्नका लागी श्रम तथा रोजगार मन्त्रालय,संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्वीस सरकारको सहयोगमा जिल्लामा सूचना तथा परामर्श केन्द्र सञ्चालनमा रहेको छ । केन्द्रले जिल्ला प्रशासनमा राहदानी लिन आउने सेवाग्राहीलाई वैदेशीक रोजगार सम्बन्धी सुचना तथा परामर्श प्रदान गर्ने गरेको छ । 
आप्रवासी कामदारहरुको अधिकारलाई केन्द्रित गरेर वर्षमा एक दिन मनाइने दिवसले खासै कामदारहरुको पीडालाई भने सम्बोधन गर्न सकेको अवस्था छैन । वैदेशीक रोजगारी जोखीमपूर्ण अवस्थामै रहेको वैदेशीक रोजगारबाट फर्केकाहरु बताउछन । वैदेशीक रोजगारीबाट फर्केका युवाहरुका पीडा र वेदना सुनिसाध्य हुँदैन ।
पछिल्लो समय विश्वभर फैलदै गएको आतंकवादी गतिविधीका कारण पनि वैदेशीक रोजगारीमा जाने नेपाली युवाहरु जोखीममा पर्ने गरेका छन । वैदेशीक रोजगारीमा जाने बाटोलाई नै सरकारले व्यवस्थीत गर्न सकेको अवस्था छैन भने काममा जाने कामदारहरु विभिनन् खालका समस्या भोग्न बाध्य हुने गरेकै छन । तोकिएको काम भन्दा जोखीमपूर्ण काम गर्नुपर्ने बाध्यता उनीहरुको अगाडि छ । अझ पछिल्लो समयमा नेपाली महिलाहरू समेत विदेशीने दर अत्याधिक वृद्धि भइरहेको र उनीहरु विदेशमा यौन हिंसा, दुव्र्यवहार र उत्पीडनमा परेकोले राज्यस्तरबाटै तत्काल ध्यान दिन आवश्यक देखिन्छ । श्रमको सिलसिलामा विदेशिन बाध्य भएका नेपालीहरुको अवस्था अत्यन्त दयनीय हुँदासमेत सरकार गम्भीर देखिएको अवस्था अझ पनि छैन । 
नेपाली युवायुवतीहरु दैनिक पन्ध्रसँय हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका छन । उनिहरुको परिश्रमबाट मुलुकमा बार्षिक करिब ६ खर्व रुपैया रेमिट्यान्सका रुपमा भित्रिने गरेको छ । वि.स.२०६८ को जनगणना अनुसार देश वाहिर रहेका नेपालीहरुको संख्या १९ लाख १७ हजार ९०३ रहेको छ । सरकारले वैदेशीक रोजगारमा संलग्न कामदारहरुको अधिकार संरक्षण र प्रबद्र्धनका लागी बनाएको नितीको खासै प्रभावकारीता देखिन सकेको छैन । स्वदेशमा रोजगारी नपाएर विदेशमा पैसा कमाउन पुगेका नेपाली कामदारहरु विभिन्न् खालका समस्या भोग्न बाध्य भईरहेको तथ्य बारम्बार बाहिर आइनै रहने गरेका छन । 


,

0 comments

Write Down Your Responses