Powered by Blogger.
पुस्तक विमोचन तथा अपांगताको तथ्याङक सार्वजनिक



सिन्धुली, ३ पौष । अपाङ्ग कल्याण संघ सिन्धुलीले तयार पारेको अपांगता सम्बन्धी नक्शाङ्कन प्रतिवेदन–२०७२ को विमोचन तथा जिल्लाको अपाङ्गता सम्बन्धी तथ्याङकको सार्वजनिक गरेको छ । जिल्ला विकास समिति सिन्धुली, कमलामाई नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, सिन्धुली र वल्डभिजन इन्टरनेसनल नेपाल, सिन्धुलीको साझेदारीमा तयार पारीएको उक्त पुस्तकको सहायक प्रमुख जिल्ला अधिकारी वासु प्रसाद काफ्लेले शुक्रबार एक समारोह वीच विमोचन गरेका हुन । 
झण्डै १ वर्ष लगायर तयार पारीएको प्रतिवेदनमा अपाङ्गता भएको व्यक्तिहरुको संख्या, लिङ्ग, उमेर, वैवाहिक स्थित, शैक्षिक अवस्था, सेवामा पहुँचको आधारमा तथ्याङक समावेश गरिएको छ । 
सार्वजनिक गरिएको पुस्तकमा समावेश तथ्याङक अनुसार सिन्धुलीमा ४६ सय अपाङ्गता भएका व्यक्तिहरु रहेको छन जस्मा २६४० पुरुष र १९५८ महिलाको संख्या रहेको छ । 
अपाङ्गता परीचय पत्रको आधारमा पुर्ण अशक्त अपांगता ८ सय जना, अति अशक्त अपांगता ९ सय ४४ जना, मध्यम अपांगता भएका १ हजार ८ सय ६७ जना, सामान्य अपांगता भएका ७ सय ४८ जना र थाहा नभएको २४१ जना रहेको तथ्याङकमा उल्लेख गरीएको छ । 
अपाङ्गता घरधुरी नक्शाङ्कनका आधारमा उक्त तथ्याङक तयार परीएको अपाङ्ग कल्याण संघले जनाएको छ । नक्शाङ्कन कार्यका लागी जिल्ला विकास समिति सिन्धुलीले १ लाख ६ हजार, कमलामाई नगरपालिका कार्यालयले ३६ हजार, प्लान नेपालले १ लाख ७४ हजार ५७० र वल्र्डभिजन इन्टरनेसनल नेपाल सिन्धुलीले १ लाख ५७ हजार ४०० उपलब्ध गराएको बताइएको छ । 
अपाङ्गता सम्बन्धी जिल्लाको सम्पूर्ण तथ्याङक समावेश गरिएको उक्त पुस्तक प्रकाशनले अपाङ्गहरुको अधिकारलाई व्यस्थित गर्न योजना निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरीएको छ । 


,

0 comments

Write Down Your Responses