मानव अधिकार रक्षकहरुकाे काम, कर्तव्य र अधिकार
- गोकुल भुजेल (मानवअधिकारकर्मी)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi9M5SyRaTFRoGIEWFEibhOWZpEKmoR_UfvaL0FFn0BUjjNMZo63GIyToyBTSwTTMKNN-aNvLz4rftyAxwRNRHQg0NE5RVud98hyOrV9H3UtdFSTOZMydFAJ9cf_g-gQkpAIKM5KwvIypc/s320/gokul+bhujel.jpg)
मानव अधिकार मानिसका प्रकृति प्रदत्त, विश्वव्यापी, अहरणीय, नैसर्गिक र जन्मसिद्ध अधिकारहरु हुन । मानव अधिकारको पूर्ण प्रत्याभुतिको निम्ति राज्यले अन्र्तराष्ट्रिय रुपमा विभिन्न किसिमका सन्धि सम्झौताहरु मार्फत प्रतिवद्धता जनाएको हुन्छ । नागरिकहरुको लागि संविधानमा मौलिक हकको व्यवस्था गरिएको हुन्छ । व्यक्तिको जीवन, स्वतन्त्रता, समानता र मर्यादा सँग सम्बन्धित अधिकार मानव अधिकार हो । मानिसका नागरीक, राजनीतिक अधिकार तथा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारहरु नै मानव अधिकार हुन् ।
मानवअधिकारको सुनिश्चित गर्नका लागि राज्य जिम्वेवार हुन्छ । सरकारले मानवअधिकार मैत्री सेवा नागरिकमा प्रवाह गर्दछन् । मानवअधिकर मैत्री सेवा प्रवाह भैरहेको छ कि छैन भनेर अनुगमन गर्ने र सिफारिसहरु सम्वन्धित पक्षलाई गरिन्छ । स्वतन्त्र संवैधानिक निकाय, संस्था तथा व्यक्तिहरु मानवअधिकरको सम्मान, संरक्षण र संवर्दन त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गराउन सक्रिय देखिन्छन । जसलाई मानवअधिकार रक्षक भन्ने गरिन्छ ।
मानव अधिकार रक्षक
मानव अधिकार रक्षक भन्नाले व्यक्ति वा समूह वा संस्थालाई जनाउँछ जो एक्लै वा एक अर्कासंग मिलेर शान्तिपूर्ण रुपमा मानव अधिकार संरक्षण र प्रवद्र्धनको लागि कार्य गर्दछन् । संयुक्त राष्ट्र संघबाट सन् १९९८ मा मानव अधिकार रक्षकहरुको घोषणपत्र जारी भएको थियो । विश्वव्यापि रुपमा स्वीकार गरिएका मानव अधिकार र मौलिक स्वतन्त्रताहरुको सम्र्बद्धन र संरक्षण गर्ने व्यक्ति, समूह तथा संस्थाहरुको अधिकार तथा दायित्व सम्बन्धी घोषणापत्र समेत जारी भैसकेका छन् ।
मनव अधिकार रक्षकका कामहरु
– सबैका निम्ति सबै मानव अधिकार
– जहाँसुकै र जस्तोसुकै अवस्थामा मानव अधिकार
– स्थानिय, राष्ट्रिय, क्षेत्रिय एवं अन्तर्राष्ट्रिय रुपमा कार्य गर्ने
– मानव अधिकार हनन्संग सम्बन्धित सूचना संकलन र प्रकाशित गर्ने
– असल शासन र सरकारी नीतिमा सहयोग गर्ने
– मानव अधिकारका अन्तर्राष्ट्रिय महासन्धीहरुको कार्यान्वयनमा सहयोग
– मानव अधिकार शिक्षा र क्षमता विकास
– मानव अधिकारको सचेतना
मानव अधिकार रक्षकका अधिकारहरु
– राष्ट्रिय र अन्तर्राष्ट्रिय स्त्तरमा मानव अधिकार संरक्षण सम्बन्धि कार्य गर्ने
– एक्लै वा अरुसंग मिलेर मानव अधिकार सम्बन्धी काम गर्ने
– संस्था बनाउने वा संस्थामा सहभागी हुने
– शान्तिपूर्ण रुपमा भेला हुनेमानव अधिकारसंग सम्बन्धित सूचना प्राप्त गर्ने
– मानव अधिकारसंग सम्बन्धित नयाँ सोचहरुको विकास र वकालत गर्ने
– मानव अधिकार हनन्का विषयमा आलोचना गर्ने र सुधारको लागि सुझाव दिने
– मानव अधिकार हनन्का विषयमा उजुरी गर्ने
– मानव अधिकार संरक्षणको लागि कानूनी परामर्श र सहायता दिने
– मानव अधिकारको राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्वको बारेमा सार्वजनिक सुनुवाई र बहस गर्ने
– मानव अधिकार संरक्षणको लागि सरकारी नियकाहरुसंग सम्वाद गर्ने
– मानव अधिकार हनन् विरुद्ध शान्तिपूर्ण कार्यक्रमहरुको सञ्चालन गर्ने
– मानव अधिकार संरक्षणको लागि साधन स्रोत प्राप्ति र विकास गर्ने
मानव अधिकार रक्षकमा हुनुपर्ने महत्वपूर्ण ५ गुणहरु
समय समयमा मानवअधिकार रक्षकहरुमाथि हमला भएको, सरकारले मानवअधिकार राक्षकहरुलाई नै पक्राउ गरी कार्वाही गरेको धेरै उदाहरणहरु पाइन्छ । त्यसैले मानवअधिकार रक्षक मानव समुदायको सबैभन्दा सचेत विना वर्दिको नागरिकहरुको रक्षक हो । त्यसैले मानवअधिकार रक्षकहरुमा विशेष गुणहरु हुन अनिवार्य हुन्छ । बँुदागत रुपमा भन्दा मानवअधिकार रक्षकहरुमा निम्न गुणहरु अनिवार्य हुनु पर्दछ ।
१. लकृयाशीलता
२. व्यवसायगत प्रतिवद्धता
३. व्यवसायिक सीप
४. मानव अधिकार सम्बन्धी ज्ञान
५. धैर्यता र सहनशीलता
मानव अधिकार रक्षकहरुका आचरणहरु
मानवअधिकार रक्षकहरुको लागि खास आचरणहरु हुन वाञ्छनिय हुन्छ । अरुको अधिकारका लागि जीवन नै खर्च गर्ने अधिकार रक्षकहरुले निम्न आचरणहरु सदैवन आत्मसाथ गर्नु पर्दछ ।
– कसैलाई पनि हानी नपुरयाउने (सुरक्षा, प्रतिष्ठा, सम्मान)
– विश्वासनीयता कायम राख्ने, आश्वासन, अपारदर्शीता, हचुवामा वा झुठ्ठा बोल्नु आदि विश्वस्नीयतामा कमी आउने कारणहरु हुन् ।
– पूर्वाग्रह नराखी निष्पक्ष भएर कार्य गर्ने (राजनैतिक, धार्मिक, साँस्कृतिक, जातीय, साम्प्रदायिक, लैङ्गिक आदि)
– पीडितहरुको समवेदना बुझेर कार्य गर्ने (पीडा, इजजत, हतारो आदि)
– गोपनीयता कायम गर्ने
– पहिचानलाई पारदर्शी बनाउने
– कनून तथा आचार संहिताको पालना
सुरक्षा
विभिन्न विद्वानहरु र घटनाहरुको आधारमा मानवअधिकार रक्षकहरु संसारमा सबैभन्दा वढी जोखिममा हुन्छन् । त्यसैले सुरक्षासम्बन्धमा ज्यादै सतर्क हुनु पर्दछ । मानवअधिकार रक्षकहरुले सुरक्षा प्रथम सिद्धान्तको अनुकरण गर्नु पर्दछ । सबै भन्दा पहिले त उनीहरुले आफ्नो सुरक्षाको बारेमा प्रष्ट हुन जरुरी हुन्छ । त्यस्तै मानवअधिकार रक्षकहरुले टोलीका अन्य सदस्यको सुरक्षामा समेत विशेस ख्याल गर्नु पर्ने हुन्छ । आफ्नो मानत्रै सुरक्षाबारे ध्यान दिएर मानवअधिकार रक्षक सम्भव छैन पीडितको सुरक्षा पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । साथै साक्षीको सुरक्षा र प्रमाणको सुरक्षासम्बन्धमा मानवअधिकार रक्षकहरु दक्ष हुनु पर्दछ ।
विपद अनुगमनमा सुरक्षा चुनौतिहरु
मानवअधिकार रक्षकको काम आफैमा एउटा मन्द विष हो भनेर मानवअधिकारको क्षेत्रमा निकै लामो समय सक्रियता राख्ने जानकारहरु वताउछन् । यो ज्यादै चुनौतीपूर्ण कार्य हो । यस क्षेत्रमा काम गर्नेहरुलाई खासगरी निम्न परिस्थितिमा ज्यादै चुनौती हुन्त ।
– प्राकृतिक प्रकोप (भूकम्प, बाढी, पहिरो आदि)
– जोखिमपूर्ण भौतिक संरचना
– अपराधिक घटनाहरु
– स्थानीय समुदायको आक्रोस
– महामारी र रोगको प्रकोप
– सुरक्षा निकायको अनुपस्थिति
मानव अधिकार रक्षकका अवसरहरु
मानवअधिकार रक्षकको कार्य गर्न सक्ने दखलता राख्नु सामान्य कुरा होइन । त्यसैले मानवअधिकार रक्षकहरुको अवसरहरु पनि छन् । सवैभन्दा ठुलो अवसर त मानव अधिकार संरक्षणमा सहयोग गर्न पाइन्छ त्यो नै सबैभन्दा पहिलो अवसर हो । त्यस्तै असल नागरिकको भूमिका निभाइन्छ, सामाजिक प्रतिष्ठामा वृद्धि हुन्छ । व्यक्तिगत दक्षता अभिवृद्धिको अवसर र नयाँ ज्ञान र आत्मविश्वासको विकास हुन्छ । मानिस सामाजिक प्राणी भएको हुँदा संगठित हुने र सहकार्य गर्ने अवसर पाइन्छ । त्यसैले मानवअधिकार रक्षकहरु आत्मसम्मानमा अभिवृद्धि भएको अनुभूति गर्दछन् ।
मानव अधिकार रक्षकका चुनौतीहरु
अवसर मात्रै नभएर मानवअधिकार रक्षकहरुको विभिन्न परिवेशमा विभिन्न प्रकारका चुनौतीहरु छन् । निम्न उल्लेखित चुनौतिहरु मानवअधिकार रक्षकहरुमा विद्यमान छन् ।
– हत्या, धम्की
– स्वेच्छाचारी गिरफ्तारी, थुना, बलपूर्वक बेपत्ता
– बद्नाम गर्ने, झूठा आरोप लगाउने
– स्वतन्त्रतापूर्वक आवतजावतमा रोक
– सूचनामा अवरोध
– सुनुवाई नहुने
– धेरै अपेक्षा
– दण्डहीनता
– व्यवसायिकता, दक्षता र स्रोत साधनको अभाव
महिला तथा तेश्रो लिङ्गी मानव अिधकार रक्षकका चुनौतीहरु
– पारिवारिक दवाव र असहयोग
– पारिवारिक दायित्व
– सामाजिक दवाव
– पिृतसत्तात्मक सामाजिक संरचना
– बद्नाम गर्ने
– झूठा आरोप
– दुव्र्यवहार
क्षमता विकास
उपर्युक्त उल्लेखित चुनौतीहरुसंग सामना गरी दक्ष मानवअधिकार रक्षकको भूमिका निर्वाह गर्नका लागि क्षमता विकास अनिवार्य छ । ठोसरुपमा भन्दा केही निम्न उल्लेखित विषयमा आधारभूम रुपमा क्षमता विकास भएमा मात्रै मानवअधिकारको रक्षकको भूमिका निर्वाह गर्न सकिन्छ ।
१. मानव अधिकारको अवधारणा र स्वरुपहरु तथा विकासक्रमको जानकारी राख्ने क्षमता
२. मानव अधिकार हनन्का घटनाहरुको पहिचान तथा मानव अधिकार हनन् र अन्य घटनाहरुको
फरक छ्ट्याउन सक्ने क्षमता
३. मानव अधिकार संरक्षणको लागि उचित संयन्त्रहरुको जानकारी र उचित उपयोग गर्न सक्ने क्षमता
४. पीडितहरुको समवेदनशिलता र मनोसामाजिक अवस्था तथा गोपनीयताको बारेमा बुझेर
आफ्ना कृयाकलाप सञ्चालन गर्ने क्षमता
५. पर्याप्त सञ्चारको क्षमता
६. नयाँ प्रविधिको प्रयोग गर्ने क्षमताको विकास
लेखक ः राष्ट्रिय मानवअधिकार अयोग घुम्तीशिविर परिचालन समिति सिन्धुलीका सहजकर्ता हुन् ।
0 comments
Write Down Your Responses