Powered by Blogger.
बालाजोर २८ औं खुल्ला दिशामुक्त गाविस घोषणा

बुद्धकुमार आछामी 
बालाजोर, ८ पौष । सन २०१६ सम्म सवै मिलीजुली, खुल्ला दिशामुक्त जिल्ला बनाऔं सिन्धुली भन्ने मुल नाराका साथ सञ्चालित अभियान अन्र्तगत मङ्गलबार बालाजोर गाविसलाई जिल्लाको २८ औं खुल्ला दिशामुक्त गाविसको रुपमा घोषणा गरीएको छ । 
उदघाटन गर्दै प्रमुख अतिथी बराल । 
घोषणा सभालाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै क्षेत्र नं.२ का सांसद मोहन प्रसाद बरालले नेपालको संविधान २०७२ ले नेपाली संवैधानीक इतिहासमा मात्र नभएर विश्वकै संविधानको इतिहासमा उत्कृष्टता हासील गरेको बताए । दलित, जनजातीहरुलाई समानुपातिक र समावेशी सिद्धान्तले अधिकार सम्पनन् बनाएको बताउँदै कसैले छरेको भ्रममा नपर्ने समेत उपस्थित जनसमुदायलाई आग्रह गरे । 
बरालले राष्ट्रिय एकतालाई प्रगाढ बनाउन सके मात्र नयाँ नेपालको निर्माण संभव भएको बताउँदै संविधानलाई कमजोर बनाउन खोज्नेहरुका विरुद्ध सवै एक भएर लाग्नु पर्नेमा जोड दिए । बरालले संविधानलाई कमजोर बनाउन खोज्नेहरु अराष्ट्रिय तत्व भएको बताए । 
सहभागीहरू । 
कार्यक्रममा विशिष्ट अतिथी स्थानीय विकास अधिकारी शिव प्रसाद हुमेगाईले सन २०१६ सम्म जिल्लालाई खुल्ला दिशामुक्त बनाउने अभियानमा वालाजोरबासीले उत्साहपुर्वक सहयोग पु¥याएकोमा धन्यवाद दिर्दै । सरसफाईले नै व्यक्ति र समाजको इज्जत हुने भएकाले यस्लाई सवैले मन, वचन र कर्म देखी मनन् गरेर लाग्नु पर्नेमा जोड दिए । 
सभामा नेपाली काग्रेसका नेता माणिक ढकालले नेपाली जनताको लामो संघर्षबाट आएको संविधानलाई व्यवाहारीक कार्यान्वयन गर्ने सवालमा अवरोध उत्पनन् भएकाले त्यसको विरुद्ध सवै नेपाली एक भएर लाग्नु पर्ने बताए । ढकालले बालाजोरबासीको उत्साहको सम्मान गर्दै वालाजोर गाविसको विकासका लागी आफ्नो पार्टीको सधै सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
अतिथीहरू जिविस सिन्धुली । 

त्यस्तै नेकपा(एमाले)का जिल्ला अध्यक्ष प्रदिप कट्वालले आफ्नो गाउँ आफै बनाउनका लागी सवै एकजुट भएर लाग्नु पर्ने आवश्यकता रहेकोमा जोड दिए । अव समाजको विकासका लागी आर्थिक समृद्धिको आवश्यकता रहेकाले सवै पक्ष आर्थिक सबृद्धिको बाटोमा लाग्नु पर्नेमा कट्वालले जोड दिए ।
अतिथीहरू 
घोषणा सभामा बोल्दै एकीकृत नेकपा(माओवादी)का जिल्ला अध्यक्ष राजन दाहालले खुल्ला दिशामुक्त गाविस निर्माणमा सहयोग पु¥याउने सवै पक्षलाई विशेष धन्यवाद दिदै सवै पक्षले आफ्नो काम गर्ने तवर तरिकामा परिवर्तन गरे मात्र नयाँ ठाउँमा पुग्न सकिने बताए । 
मारूनी नाच देखाउँदै स्थानीय मारूनी नाँच समुहका कलाकारहरू । 
कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी)का लिला पौडेल, राप्रपा नेपालका मंकर बहादुर कार्की, राप्रपाका शुक्र बहादुर विसंकेले शुभकामना सहित आफ्नो धारणा व्यक्त गरेका थिए । 
घोषणा सभामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुलीका प्रमुख मोहनकुमार शाक्य, नेपाल स्वास्थ्यका लागी पानी(नेवा)का सामाजिक शाखा प्रमुख गणेश तिमल्सीना, सिन्धुलीगढी संरक्षण समितिका अध्यक्ष दिर्घराज श्रेष्ठ,  ग्रामीण विकास समाज, सिन्धुलीका अध्यक्ष दिनेश अधिकारी, ग्रामीण महिला चेतनाकेन्द्र सिन्धुलीका अध्यक्ष खड्ग सुनुवार, जनजाती महासंघ सिन्धुलीका सचिब रमेश भुजेल लगायत राजनैतिक पार्टीका स्थानीय नेताहरुले आफ्नो धारणा व्यक्त गरेका थिए । 
दर्शकहरूलाइ मनाेरन्जन प्रदान गर्दै कलाकार दिनेश काफ्रले । 
घोषणा सभामा हास्य कलाकार दिनेश काफ्लेले विभिन्न् नेताहरुको क्यारीकेचर गर्दै सभामा उपस्थित स्थानीयवासीहरुलाई बेजोड हसाएका थिए भने विजयपुर युवा क्लवले विभिन्न् सास्कृतिक प्रस्तुती मार्फत अतिथी तथा स्थानीयहरुलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो । 
५ हजार २ सय ९६ जनसंख्या र ८ सय १ घरधुरी रहेको उक्त गाविसमा ८ सयँ १ घरधुरीमा चर्पिको निर्माण गरीए पछि खुल्ला दिशामुक्त गाविसको रुपमा घोषणा गरीएको हो । गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र निर्माण गर्नका लागी नेपाल स्वास्थ्यका लागी पानी(नेवा)ले सहयोग तथा सहजीकरण गरेको थियो । 
घोषणासभाको अवसरमा खुल्ला दिशामुक्त क्षेत्र निर्माण गर्न सहयोग पु¥याउँने संघ, संस्था, क्लव तथा व्यक्तिहरुलाई सम्मान सहित प्रसशापत्र समेत प्रदान गरिएको थियो । 


,

0 comments

Write Down Your Responses