Powered by Blogger.
विद्यालयलाई आपत्तकालीन शिक्षण सामाग्री प्रदान

सिन्धुली, ९ पौष । युनिसेफको आर्थिक सहयोगमा एकीकृत ग्रामीण विकास कार्यक्रम सिन्धुलीले आपत्तकालित शिक्षा सहयोग कार्यक्रम अन्र्तगत बिहिबार कमलामाई नगरपालिका स्थित कमला उच्च मावि श्रोतकेन्द्रका ३३ विद्यालयहरुलाई आपत्तकालीन शिक्षण सामाग्री प्रदान गरिएको छ । 
युनिसेफको आपत्तकालिन शिक्षा सहयोग कार्यक्रम अन्र्तगत जिल्लाको कुशेश्वर दुम्जा श्रोतकेन्द्रका ३५, खुर्कोट श्रोतकेन्द्रका ३५ विद्यालयलाई सामाग्री हस्तान्तरण गरी सकिएको संस्थाले जनाएको छ । भुकम्पबाट प्रभावित विद्यालयहरुलाई सहयोग पुयाउने उदेश्यले सामाग्री वितरण गरिएको र उक्त समाग्री विद्यालयका प्रधानाध्यापक तथा प्रतिनीधी शिक्षक मार्फत विद्यालयलाई प्रदान गरीएको हो । 
उक्त सामाग्री हस्तान्तरण पछि दुम्जा श्रोतकेन्द्रका ४ हजार ४१४, खुर्कोट श्रोतकेन्द्रका ३ हजार ४२६ र कमला उमावि श्रोतकेन्द्रका २ हजार ८२१ विद्यार्थी लाभान्वीत भएको जनाइएको छ । 
युनिसेफले जिल्लाका विभिनन् संस्था मार्फत विद्यालयहरुलाई आपत्तकालिन अवस्थामा आवश्यक शिक्षण सिकाई सामाग्री र विद्यार्थीहरुका लागी विभिन्न् खेदकुदका सामाग्रीहरु प्रदान गरीरहेको छ । जिल्लाका सवै श्रोतकेन्द्रका विद्यालयहरुलाई सामाग्री वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । 



,

0 comments

Write Down Your Responses